विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को प्रतिनिधि मण्डल पहिलोपटक जलवायु सम्मेलनमा सहभागी हुने भएको छ । कार्बन ट्रेड वापतको रकम दाबी गर्न र बाढीबाट प्रभावित आयोजनालाई क्षतिपूर्ति दिलाउन पहल गर्ने लक्ष्यसहित इपानको प्रतिनिधि मण्डल संयुक्त अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गरेको हो ।

इपानका सल्लाहकार कृष्णप्रसाद भण्डारी र कार्यसमिति सदस्य मिथुन पौडेल ‘कोप २८’ मा भाग लिन सोमबार युएई प्रस्थान गरेका छन् । ‘कोप २८’ मा भाग लिने टोलीको बिदाई गर्दै इपानका महासचिव बलराम खतिवडाले भ्रमण उपलब्धीमूलक बनाउन आग्रह गरे ।

विगतमा नेपालले कार्बन ट्रेड वापतको रकम लिन पर्याप्त अध्ययन गर्न नसकेको भए पनि अब इपानले विज्ञ समूह बनाएर कार्बन ट्रेड बारे अध्ययन गर्ने र अरु देशका जलविद्युत् प्रवर्द्धकले लिइरहेको सुविधा नेपाली प्रवद्र्धकलाई पनि दिलाउन पहल गर्ने खतिवडाले बताए ।

युएईमा जापान, अमेरिका लगायतका विकसित मुलुकका प्रतिनिधिसँग साइड लाइन वार्ता गरेर नेपालमा जलवायु सम्बन्धी फण्डहरू भित्र्याउन पहल गर्ने भण्डारीले बताए ।

नेशनल हाइड्रो पावरले कार्बन बिसर्जनको अध्ययन गरेको उल्लेख गर्दै भण्डारीले नेपालमा सञ्चालनमा आएका सबै जलविद्युत् आयोजनाले यस बारेमा अध्ययन गर्ने हो भने प्रवर्द्धकहरूले कार्बन बिसर्जन गरेवापत ठूलो रकम पाउने पनि बताए ।

ऊर्जा उत्पादकहरूको छाता संस्था इपानबाट ४५० बढी हाइड्रो पावरको प्रतिनिधित्व गरेर जलवायु सम्मेलनमा सहभागी हुन लागेको भन्दै पौडेलले इपानको लागि जलवायु सम्बन्धी च्यारीटी फण्डहरू ल्याउन पहल गर्ने बताए ।

कार्बन बिसर्जनको दुई तिहाइ हिस्सा निजी क्षेत्रको भएपनि लाभ जति सबै सरकारी पक्षले मात्रै लिएको भन्दै इपानका प्रमुख कार्यकारी अधिकृत भीम गौतमले अब निजी क्षेत्रले पनि लाभ पाउने गरी ‘कोप २८’ मा इपानका एजेण्डा प्रस्तुत गर्न आग्रह गरे ।

निजी क्षेत्रले नेपालमा करिब १८०० मेगावाट क्षमताका १६५ भन्दा धेरै आयोजनाबाट विद्युत् उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit