दिगो ऊर्जा सुरक्षा, विद्युत्मा आत्मनिर्भरता, ऊर्जा आयात प्रतिस्थापन र आर्थिक रूपान्तरणका लागि ठूला तथा जलाशय जलविद्युत् आयोजनाको विकास अपरिहार्य बनेको एक कार्यक्रमका विज्ञ वक्ता तथा सरोकारवालाहरूले बताएका छन् । हाल निकै कम सङ्ख्यामा जलाशय आयोजना रहेको तथा निर्माणाधीन र विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) भइसकेका आयोजनामध्ये पनि ठूलो हिस्सा रन–अफ–रिभर (आरओआर) प्रकृतिको रहेकोले ठूला तथा जलाशय आयोजनाको विकास गर्नु अनिवार्य जस्तै बनिसकेको उनीहरूको भनाइ छ ।
सोलार पावर प्रोड्युसर्स एसोसिएसन नेपाल (सोपान) ले स्वच्छ ऊर्जा प्रवद्र्धन र दिगो विकास लक्ष्यप्रति सरकार तथा सरोकारवाला निकायसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाएको छ । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका अवसर यस्तो प्रतिबद्धता जनाएको हो ।
अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस २०८२ को अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) ले ‘स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास’ विषयक राष्ट्रिय सम्मेलन आयोजना सम्पन्न गरेको छ । नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता, कार्बन बजार र लगानी संयन्त्रमार्फत नेपालको न्यून–कार्बनीकरण यात्रालाई तीव्र बनाउने रणनीतिमाथि गहन छलफल गर्दै मंगलबार (माघ १३ गते) भएको हो ।
पछिल्लो समय नेपाल ऊर्जा क्षेत्रमा अभूतपूर्व छलाङ मारिरहेको छ। दशकौँदेखि लोडसेडिङको चरम पीडामा बाँचेको मुलुक अहिले विद्युत् निर्यात गर्ने लक्ष्यका साथ अघि बढिरहेको छ । देशलाई यो अवस्थामा ल्याइपुर्याउनुमा नीतिगत स्पष्टता, कूटनीतिक सक्रियता र जनसहभागितालाई जोड दिएर यस क्षेत्रलाई नेतृत्व दिने नेतृत्वकर्ताको भूमिका महत्त्वपूर्ण तथा प्रभावकारी देखिए...
२०८१ चैत २५काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणभित्र केही यस्ता पात्रहरू छन्, जो पद र प्रतिष्ठाभन्दा पनि कार्यसम्पादनलाई आफ्नो परिचय ठान्छन् । तिनै पात्रमध्येका हुन् – इन्जिनियर सुरज दाहाल । हाल प्राधिकरणको ९औँ तहमा कार्यरत दाहालले आफ्नो छोटो कार्यकालमै देखाएको नतिजामुखी कार्यशैलीले उनलाई एक ‘काबिल’ इन्जिनियरको रूपमा स्थापित गरेको छ । त्रि...
२०८२ माघ १२काठमाडौँ । एक इन्जिनियरले देशमा दीगो भौतिक पूर्वाधार विकासको खाका कोर्न सक्छ । त्यसलाई कार्यान्वयन गर्दै समग्र देशलाई नै समृद्धितर्फ अगाडि बढाउन सक्छ । एउटा सामान्य आवसगृहदेखि काठमाडौँबीचमा ठडिइरहेको धरहरा होस्, चाहे माथिल्लो तामाकोसी (४५६ मेगावाट) जलविद्युत् आयोजनाको जस्तो जटिल भौतिक संरचना नै किन नहोस्, इन्जिनियरको ज्ञानसीप झिकिदिने हो भने यस्ता संरचनाको कल्पना पनि गर्न सकिँदैन ।