विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्डियन इनर्जी एक्सचेञ्ज लिमिटेड (आइइएक्स) को डे-अहेड बजारमा ठूलो मात्रामा विद्युत निर्यात सुरु गरेको छ । गत जेठ अन्तिम साता परेकाे वर्षाका कारण नदी तथा खोलामा पानीकाे बहाव बढी उत्पादन वृद्धि भई आन्तरिक खपत भएर बाँकी रहेको बिजुली निर्यात गर्न थालिएको हो ।

प्राधिकरणले जेठ २८ गते (आइतबार) देखि दैनिक ३०० मेगावाट विद्युत निर्यात गरिरहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए । ‘अहिले प्रतियुनिट ८.३८ रुपैयाँ (आइसी ५.२४) का दरले विद्युत बिक्री भइरहेको छ,’ उनले भने, ‘नेपालमा मनसुन प्रवेश भइसकेको छ, नदीहरूमा पानीको सतह बढेको छ, अब मंसिर मसान्तसम्म नियमित निर्यात हुन्छ ।’

पछिल्लो समय देशभित्र पनि बिजुलीको खपत बढेको छ । वायुको तापक्रम वृद्धिसँगै विद्युतीय उपकरणको बढ्दो प्रयोगका कारण दैनिक १९०० मेगावाटसम्म अधिकतम लोड भएको प्राधिकरणले जनाएको छ । तर, बढेको मागलाई व्यवस्थापन गर्न प्राधिकरणले भारतबाट दैनिक एक हजार मेगावाट घन्टा विद्युत आयात गरिरहेको भट्टराईले बताए ।

हाल नेपालको विद्युत उत्पादन क्षमता २७००  मेगावाट पुगेको छ । हालसम्म नेपाललाई भारतीय बजारमा ४५२ मेगावाट मात्रै बिजुली बेच्न अनुमति दिएको छ । प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनासहित थप १२०० मेगावाट बिजुली निर्यात अनुमतिका लागि प्रस्ताव गरेको थियो । गत जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा यो प्रस्ताव पनि स्वीकृत भएको छ ।  प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत २०७९ जेठदेखि आइएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit