images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले ६.०५ मेगावाटको तल्लाे भिम खोला क्यासकेड निर्माण गर्ने भएकाे छ । कम्पनीले गण्डकी प्रदेशकाे बाग्लुङ जिल्लाको बडीगाड गाउँपालिका वडा नम्बर ७ मा पहिचान भएको आयोजना अघि बढाउन लागेकाे हाे ।

कम्पनी अध्ययन पूरा भएकाे आयाेजनाकाे निर्माण अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । विभागले यस आयोजना निर्माण गर्दा पर्ने असरको विषयमा सरोकारवालासँग राय/सुझाव मागेकाे छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन आग्रह गरेको हो ।

कम्पनीले निर्माण गर्न लागेको आयोजनाको संरचनाहरू भिम खोलाको दायाँ किनारामा रहनेछ । नदी बहावमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाबाट वार्षिक सरदर ३४.३६ गिगावाट घण्टा विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

डिजाइन बहाव अनु्सारको पानीलाई पेनस्टक पाइप हुँदै २३ मिटर लम्बाई , १८ मिटर चौडाई र १५.५ मिटर उचाईको सतही विद्युतगृहमा पुर्रयाइनेछ । विद्यतगृह नजिकै स्वीचयार्ड निर्माण गरी उत्पादित ऊर्जालाई भतेर चौर स्थित ३३ केभी प्रसारण मार्फत बाग्लुङको बुर्तिबाङमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ ।

यो आयोजनाबाट २०८१ मंसीरसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीकाे छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, बाढी, वायु प्रदुषणद्वारा वातावरणमा उल्लेखनीय आसर नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit