विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उच्च क्षमताका २७ प्रसारण लाइन आयोजना निर्माण गरिरहेको छ । प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न तथा प्रसारण प्रणालीलाई दिगो र गुणस्तरीय बनाउन यी लाइन निर्माण गरिरहेको हो ।

देशको विद्युत प्राणाली सुधार गर्न १३२ केभी, २२० केभी, ४०० केभी क्षमताका लाइन निर्माणका विभिन्न चरणमा रहेको प्राधिकरणको तथ्याङ्कमा छ । निर्माणाधीनमध्ये ४०० केभी क्षमताका हेटौडा–ढल्केबार–इनरुवा डबल सर्किट प्रसारण लाइनको निर्माण भइरहेको छ । 

२२० केभी क्षमताका ५ प्रसारण लाइन, १३२ केभी क्षमताका २१ प्रसारण लाइन निर्माणाधीन छन् । २२० केभी क्षमताका भरतपुर–बर्दघाट, हेटौंटा–भरतपुर, चिलिमे–त्रिसुली, कोसी कोरीडोर (बसन्तपुर–ढुङ्गेसाँघु), तुम्लिङ्टार–सितलपाटी डबल सर्किट प्रसारण लाइन निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै, १३२ केभी क्षमताका १७ आयोजना डबल सर्किट र ४ आयोजना सिंगल सर्किटमा निर्माण भइरहेको प्राधिकरणको ‘प्रसारण÷आयोजना व्यवस्थापन निर्देशनालय’ नामक पुस्तकमा उल्लेख छ ।

दोर्दी कोरीडोर, सिंगटी–लामोसाँघु, लाहाचोक–लेखनाथ, बर्दाघाट–सर्दी, कुसाह–कटैया (क्रस बोर्डर नेपाल), चमेलिया–स्याउले–अत्तरिया, रामेछाप–गर्जाङ–खिम्ती, थानकोट–चापागाउँ, रक्सौल–परवानीपुर (क्रस बोर्डर नेपाल), बुर्तिभाङ–पौडी, अमराई–तामघास–सन्धिखर्क, मैनहिया–सम्पतिया, कुसाह–बिराटनगर, ढल्केबार–लोहरपट्टी, कोहलपुर–सुर्खेत, बलेफी कोरिडोर, ढल्केबार–बालगंगा, कालिगण्डकी–रिडी, नवलपुर–लालबन्दि–सलीमपुर, भुमही–हाकुइ, अमरपुर–ढुङ्गेसाँघु, बफीकोट–माडीचौउर प्रसारण लाइनको निर्माण भइरहेको छ ।

यी आयोजनामध्ये कुनै लाइनको काम अन्तिम चरणमा पुगेको छ भने, कुनै लाइनको सुरुवाती चरणको काम भइरहेको छ । दोर्दी कोरिडोर लाइनको काम गत वर्षमा नै सम्पन्न भएको हो तर, बाढीपहिरोले टावर बगाउँदा अहिले पुनःनिर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit