images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पाँच दशकभन्दा लामो समयदेखि जलविद्युत उत्पादन तथा वितरण गर्दै आएको बुटवल पावर कम्पनी लिमिटेड (बिपिसी) नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)द्वारा गोल्ड अवार्डबाट सम्मानित भएको छ । आइक्यानले राष्ट्रिय उत्कृष्ट बार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार (नेशनल वेस्ट प्रेजेन्डेड एनुअल रिपार्ट अवार्ड २०२२) मा प्रदान गर्ने विधाहरूमध्ये पावर एण्ड इनर्जी क्षेत्रतर्फ कम्पनीलाई उक्त अवार्ड प्रदान गरेको हो ।

आइक्यानले आर्थिक वर्ष २०७८/७९ (२०२१/२२) मा कम्पनीले प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेकाे हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महत र आइक्यानका अध्यक्ष भाष्कर सिँह लालाले संयुक्त रुपमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तर कुमार श्रेष्ठलाई उक्त अवार्ड प्रदान गरे ।

कम्पनीको परिष्कृत वार्षिक प्रतिवेदनले साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट्स् (साफा) ले दक्षिण एसियालीस्तरमा आयोजना गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डका लागि समेत प्रतिस्पर्धा गर्ने छ ।

कम्पनीले हाल ९.४ मेगावाट तथा १२ मेगावाट क्षमताका २ वटा जलविद्युत केन्द्रहरूबाट विद्युत उत्पादन गरी स्याङ्जा, पाल्पा, प्युठान तथा अर्घाखाँची जिल्लाका करीव ६२ हजार ग्राहकहरूलाई विद्युत वितरण गरी आएको छ ।

यस्तै, सञ्चालनमा रहेको ६० मेगावाटको खिम्ती, ३० मेगावाटको न्यादी र ४ मेगावाटको खुदी जलविद्युत आयोजनामा पनि कम्पनीको लगानी छ । पूर्ब निर्माणको चरणमा रहेका मर्स्याङदी बेसिनका करिब ६०० मेगावाटको तीनवटा जलविद्युत आयोजनाहरूमा समेत कम्पनीकाे लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit