विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले १० महिनामा साढे २ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठक ‘सरकारको नीति तथा कार्यक्रम’माथि छलफलका क्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुले यस्तो बताएका हुन् ।

२०७८/७९ को साउनदेखि जेठ पहिलो सातासम्मको अवधिमा २ खर्ब ५७ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको बडूले बताए । उनका अनुसार यो गत वर्षको तुलनामा १ खर्ब रुपैयाँ बढी आयात भएको देखिएको छ ।

२०७७/७८ मा भारतीय आयल निगमबाट २ अर्ब ३८ करोड लिटर पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टितेल, वायु इन्धन) र ग्यास ४ लाख ७८ हजार मेट्रिक टन खरिद गर्दा १ खर्ब ५८ अर्ब रुपैयाँ भुक्तानी गरेको पनि बडूले जानकारी दिए ।

छलफलका क्रममा बडुले सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाएको बताए । जेठ १० गते (बिहीबार) बसेको मन्त्रिपरिषदको बैठकले कर घटाउने निर्णय गरेको हो तर कुन शीर्षकमा कति कर घटाउने भन्ने विषयमा अर्थ मन्त्रालयसँग छलफल भइरहेको उनकाे भनाइ छ ।

सरकारले विभिन्न करहरूमा पेट्रोलमा ६३.२३ रुपैयाँ, १ सिलिन्डर ग्यासमा ३ सय २७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४५.९१ रुपैयाँ र मट्टीतेलमा १३.६६ रुपैयाँ कर उठाउँदै आएको छ । पेट्रोलियम पदार्थमा भन्सार शुल्क, सडक मर्मतसंभार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क गरी विभिन्न शिर्षकमा कर लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit