images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४१७ मेगावाटको नलगाड जलाशय जलविद्युत आयोजनाको परामर्शदाताले विस्तृत आयोजनाको प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सुरु गरेको ६ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन् । ३ वर्षमा आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी ६ वर्षअघि देखि सुरु भएको काम अहिलेसम्म सम्पन्न नभएको हो ।

२०१६ मा ३ वर्षभित्र आयोजनाको डिपिआर सम्पन्न गर्ने गरी नलगाड जलविद्युत कम्पनी, अष्ट्रेलियाको स्नोइ माउन्टेन इन्जिनियरीङ कर्पोरेशन (स्मेक), एमडब्ल्यूएच र नेपालको उदय जेभीबीच सम्झौता भएको थियो ।

तोकिएको समयमा पनि आयोजनाको डिपिआर नसकिएपछि परामर्शदाताले सन् २०१९ को अगष्टसम्मको समय मागेको थियो । यो अवधिमा पनि काम नसकिएपछि दोस्रो पटक मे २०२० सम्म समय थपेको थियो । यो समयसम्म पनि काम नसकिएपछि परामर्शदाताले कोभिड–१९ को कारण देखाएर समय माग गरेको थियो ।

 आयोजनाको काम पूरा गर्न पटक पटक म्याद थप्दा पनि पूरा नगरेपछि स्थानीय आक्रोशित भएका नागरीक राजेन्द्रबिक्रम शाहले बताए । उनका अनुसार सम्झौताअनुसार आयोजना सम्पन्न गर्ने अवधि ३ वर्ष वितिसक्दा पनि काम पूरा भएको छैन् ।

विद्युतगृहमा माटो जाँचका लागि खनिएको सुरुङको काम बीच–बीचमा छोड्दै निर्माण गर्दा ढिला भएको आयोजनाका इन्जिनियर पदम थापाले बताए । ‘३५५ मिटरमध्ये अहिलेसम्म ३५२ मिटर सुरुङ खन्ने काम सकिएको छ, बाँकी काम २ साताभित्र पूरा हुन्छ’ उनले भने । आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कनको अध्ययन वन मन्त्रालयले गरिरहेको छ ।

जाजरकोटको नलगाड गाउँपालिका–७ दल्लीमा विद्युतगृह र बारेकोट गाउँपालिका–८ अँधेरीखोलामा आयोजनाको प्रस्तावित बाँधस्थल छ । नलगाड नगरपालिकास्थित नलगाड खोला र ठूलीगढीको दोभान नजिकै भूमिगत पावर हाउस निर्माण हुनेछ । बारेकोटको अँधेरी खोलादेखि दल्लीसम्म ८.५ किलाेमीटर लामो मुख्य सुरुङ र २ देखि ३ किलो मिटरसम्मका तीनवटा सहायक सुरुङ बन्नेछन् । ५ सय मिटर लम्बाई र  २ सय ४८ मिटर अग्लो बाँध बन्नेछ ।

जलाशयमा ४७ करोड ४० घनमिटर पानी जम्मा हुन्छ । आयोजनामा चार वटा टर्वान हुनेछन् । प्रत्येक टर्वाइनबाट १०४.२५ मेगावाट विद्युत उत्पादन हुनेछ । आयोजनाबाट एक वर्षमा १२३२ गिगा घन्टा ऊर्जा उत्पादन हुनेछ ।

उत्पादित विद्युत ४ सय केभी डबल सर्किट प्रसारण लाइनमार्फत कोहलपुर शवस्टेसनमा जोड्ने योजना छ । आयोजनास्थलबाट कोहलपुरसम्म ११२ किलाेमीटर लामो प्रसारण लाइन निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit