विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख ३०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माण सम्पन्न भएको ४.७२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । मेन्छियाम हाइड्रो पावर लिमिटेडले जिल्लाको चैनपुर नगरपालिकामा निर्माण सम्पन्न गरेको आयोजनाको विद्युत प्रणालीमा थपेको हो ।

बुधबार (पुस १३ गते) हाइड्रोपावरका अध्यक्ष दीपक  खड्का र नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव प्रतिनिधिसभाका सांसद विनोद चौधरीले चैनपुरमा आयोजित कार्याक्रममा आयोजनाको औपचारिक उद्घाटन गरेका थिए ।

आयोजनाको काम यसअघि नै सम्पन्न गर्ने योजना भएनि कोरोना महामारीका कारण निर्माणमा केही ढिला भएको खड्काले बताए । आयोजनाको काम निर्माण सुरु भएको ६ वर्षमा सम्पन्न भएको हो । ‘अहिले आयोजना प्रभावित स्थानीयवासीलाई साधारण सेयर निष्कासन गर्ने तयारी भइरहेको छ’ उनले भने ।

आयोजनाको क्षमता ४.७२ मेगावाट भएपनि ५.२ मेगावाटसम्म उत्पादन गर्न सकिने इन्जिनियर विकल थापाले बताए । आयोजना १ अर्ब ३१ करोड लगानीमा निर्माण सम्पन्न भएको हो । कम्पनीको ७.७ मेगावाटको माथिल्लो पिलुवा–१ पनि निर्माणाधीन छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit