विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । घलेम्दी हाइड्रो पावर कम्पनीले करिब २० लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिना अवधिमा सो मुनाफा कमाएको हो ।

गत वर्ष यहीसयम अवधिमा घाटामा रहेको कम्पनीले २० लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्ष ९६ लाख ७२ हजार रुपैयाँ घाटामा थियो ।

यस्तै, यही अवधिमा कम्पनीले ५ मेगावाटको घलेम्दीको विद्युत बिक्री गरी १ करोड ४८ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यही समयअवधिमा १ करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा रहेको र प्रतिसेयर नेटवर्थ १००.२८ रुपैयाँ रहेको छ । कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ ।

विद्युत उत्पादन आम्दानी बढेपनि दिव्यश्वरी हाइड्रो पावर घाटामा

दिव्यश्वरी हाइड्रो पावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनी १५ लाख ५६ हजार नोक्सानमा रहेको छ । गत वर्ष यसै अवधिमा कम्पनी १ करोड ३९ लाख रुपैयाँ नोक्सानमा थियो ।

यो अवधिमा कम्पनीले विद्युत बिक्री गरी ५ करोड ४ लाख ६२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष विद्युत् बिक्रीबाट ४ करोड १९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit