विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुन्दर यातायात प्रालिले निर्माण गर्न लागेको ‘एसेम्बल प्लान्ट’को डिजाइन तयार भएको छ । रूपन्देहीको सैनामैना नगरपालिकामा निर्माण हुने एसेम्बल प्लान्टको डिजाइन सकिएको हो ।

विद्युतीय सवारी साधन निर्माण तथा मर्मत गर्नका लागि एसेम्बल प्लान्टको डिजाइन तयार भएको कम्पनीका अध्यक्ष भेष बहादुर थापाले बताए । उनले नेपालमा विद्युतीय सवारी साधनको संभावना बढ्दै गएकाले पहिलो पटक एसेम्बल प्लान्ट खोल्ने तयारी गरिएको बताए ।

नगरपालिकाले उपलब्ध गराएको १० बिघा जग्गामा प्लान्ट स्थापना हुँदैछ । जग्गाका लागि कम्पनीले नगरपालिकासँग सम्झौता सम्पन्न गरेको छ । नगरपालिकाले सुन्दर यातायातलाई २५ वर्षका लागि जग्गा भाडामा दिएको हो । 

सम्झौता अनुसार सुन्दर यातायातले वार्षिक ६ लाख रुपैयाँ भाडा र नाफाको १ प्रतिशत नगरपालिकालाई दिनेछ । वर्षमा एक जना विद्यार्थीलाई अटो इन्जिनियरिङ पढाउने सहमति पनि भएको छ ।

सम्झौता भएलगतै प्लान्टको शिलान्यास गरी संरचना निर्माणको काम सुरु गर्ने योजना भएपनि सरकार फेरबदले अहिले रोकिएको थापाले बताए । उनले अब साउन १५ गतेभित्र प्लान्टको शिलान्यास गरी निर्माण सुरु गरिने बताए ।

चीनको सिचुवान गुहाङ अटोमोवाइल्स, बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनियरिङ प्रालिको सहकार्यमा नेपालमा विद्युतीय सवारी साधन उत्पादन गर्न लागिएको हो ।

विद्युतीय सवारी सञ्चालनमा चासो बढ्दै गएपछि चिनीयाँ अटोमोबाइल्स कम्पनीले प्लान्ट स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो । त्यसको लागि अध्ययन गर्न आएको चिनियाँ टोलीले आफ्नो काम सकाएका छन् ।

नेपाल र चीनको टोलीले अध्ययन गरी प्लान्ट स्थापनाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड र अर्थ मन्त्रालयसँग छलफल गरी सहमतिका साथ काम अघि बढाउन अन्तिम चरणमा पुगेको छ ।

एसेम्बल प्लान्टको संरचनाको काम सुरु भएको ६ महिनाभित्र पूरा हुने थापाले बताए । संरचना तयार भएको एकवर्षभित्र सवारी एसेम्बल गरि सञ्चालन गर्ने योजना छ । प्लान्टबाट वार्षिक रूपमा १ हजार गाडी एसेम्बल गर्न सके पनि शुरूवातमा ५० वटा गाडी एसेम्बल गरिने छ । 

कम्पनीले कुल १ अर्ब रुपैयाँ लगानीमा प्लान्ट निर्माण गर्न लागेको हो । काठमाडौं विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातयातले अब बुटवलमा पनि विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

कम्पनीले अहिले उपत्यकामा ५ वटा विद्युतीय बस सञ्चालन गरिरहेको छ । ३ वटा चार पाङग्रे सवारी (हाइस) को परिक्षण गरिरहेको छ । साथै, ९ वटा विद्युतीय बस आउँदै छ । लकडाउनले गर्दा आधा बाटोमा रोकिएको छ । लकडाउन खुल्ने लगतै थप ६ वटा हाइस ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit