विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) ले ४ लाख ४९ हजार घरेलु वायोग्यास प्लान्ट जडान गरेको छ । केन्द्रले पिछडिएका दुर्गम तथा ग्रामीण क्षेत्रका समुदायमा ग्यासको पहुँच पुर्‍याउन प्लान्ट जडान गरेको हो ।

केन्द्रले हालसम्म ४ लाख ४९ हजार ३३८ घरेलु वायोग्यास प्लान्ट जडान गरिसकेको छ । केन्द्रले विभिन्न संस्था वा स्थानीय तहसँग सहकार्य गरेर हालसम्म ३५७ वटा संस्थागत र व्यवसायीक बायोग्यास प्लान्ट तयार गरिसकेको छ ।

घरयासी बायोग्यास ग्रामीण क्षेत्रमा खाना पकाउन उत्तम प्रविधि साबित भएकोले यसको लोकप्रियता बढ्दै गएको छ । गोबरबाट निस्कने ग्यासले वातावरण प्रदुषण रोक्नुका साथै ग्रामिण महिलाको स्वास्थ्यमा सुधार हुने भएकोले यो प्रविधिको विस्तार हुँदै गएको छ ।

पछिल्लो समय अधिकांश स्थानीय तहले पालिकाअन्तर्गतको फोहोरबाट ग्यास उत्पादन गर्ने गरी यसतर्फ आकर्षित हुँदै गएका छन् । फोहोरबाट भान्सामा प्रयोग हुने ग्यासदेखि करेसाका लागि मल समेत उत्पादन हुने भएकोले यसको लोकप्रियता बढ्दै गएको देखिन्छ ।

१४ लाख २३ हजार सुधारिएको चुलो जडान

केन्द्रले १४ लाख २३ हजार बढी सुधारिएको चुलो जडान गरिसकेको छ । केन्द्रले वन तथा वातावरण संरक्षण र मानव स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सुधारिएको चुलोको प्रयोगलाई प्रवर्द्धन गर्दै दुर्गम तथा ग्रामिण क्षेत्रमा यसको जडान गरेको हो ।

केन्द्रले स्थापना भएको २७ वर्षमा १४ लाख २३ हजार २४२ घरधुरीमा सुधारिएको चुलो जडान गरेको जनाएको छ । यो अवधिसम्म १ लाख ९ हजार ६३५ वटा ‘पोर्टेवल मेटालिक स्टोभ’ जडान गरेको छ ।

यसैगरी, खाना पकाउन बढ्दो एलपि ग्यासको प्रयोगका कारण सुरक्षा जोखिम  बढ्नाका साथै आर्थिक नोक्सानी समेत बढेकोले विद्युतीय चुलोको पनि वितरण गरेको छ । केन्द्रले हालसम्म ३३ हजार १२९ वटा विद्युतीय चुलो वितरण गरेको जनाएको छ ।

नवीकरणीय ऊर्जाबाट ८५ मेगावाट विद्युत् उत्पादन

केन्द्रले देशको ऊर्जा उत्पादनमा नवीकरणीय ऊर्जाको योगदान करिब ८५ मेगावाट पुर्‍याएको छ । केन्द्रले राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा नपुगेको दुर्गम क्षेत्रमा सौर्य, वायु, लघुजलविद्युत्‌बाट विद्युत् उत्पादन गरी सेवा पुर्‍याएको छ ।

लघुजलविद्युत्‌बाट ३८.८४२ मेगावाट, रुफटप सोलारबाट १०.०८ मेगावाट, हाइब्रिड (मिनी ग्रिड सोलार र वायु)बाट २.७०७ मेगावाट विद्युत् उत्पादन गरेको जनाइएकाे छ । यसैगरी, ९ लाख ८८ हजार ३४१ वटा ‘सोलार होम सिस्टम’ जडान गरेको छ ।

यसैगरी, ४ हजार ५११ धार्मिक स्थलमा ‘होम स्टे’ सोलार जडान गरेको छ भने ३ हजार ३०९ वटा सौयै सडक बत्ती जडान गरेको तथ्यांक छ ।

२७ वर्षमा ३६ लाख घरधुरीमा वैकल्पिक ऊर्जाबाट सेवा विस्तार

केन्द्रले स्थापना भएको २७ वर्षमा ३६ लाख बढी घरधुरीमा वैकल्पिक ऊर्जाबाट सेवा पुर्‍याएको छ । केन्द्रले सौर्य, वायु, लघुजलविद्युत्, सुधारिएको चुलो तथा जैविक ऊर्जाबाट सेवा पुर्‍याएको जानकारी दिएको छ । केन्द्रले दुर्गम क्षेत्र, सिमान्तकृत तथा विपन्न घरधुरीमा वैकल्पिक ऊर्जामार्फत सेवा पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit