विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ कार्तिक ११, मङ्गलबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर आगामी केही दिन मौसममा उल्लेखनीय परिवर्तन आउने अनुमान गरेको छ । हाल देशका अधिकांश स्थानमा मौसम सफा रहे पनि बिहीबारदेखि हिमाली तथा पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना बढ्दै जाने देखिएको विभागले जनाएको छ । विशेषगरी शुक्रबार र शनिबार देशका विभिन्न हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको पाँचदिने विशेष मौसम पूर्वानुमान अनुसार कात्तिक १० गते मंगलबारदेखि १४ गते शनिबारसम्म देशको मौसममा क्रमिक परिवर्तन आउनेछ । सुरुका दुई दिन अधिकांश स्थानमा मौसम सफा रहने भए पनि बिहीबारदेखि बदली बढ्दै शुक्रबार हिमाली क्षेत्रमा हिमपातको प्रभाव उच्च हुने पूर्वानुमान गरिएको छ ।

विभागले विशेषगरी कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना औँल्याएको छ । मौसम प्रतिकूल हुँदा हिमाली क्षेत्रको जनजीवन, पर्यटन, पर्वतारोहण, यातायात तथा अन्य गतिविधि प्रभावित हुन सक्ने देखिएको छ ।

मंगलबार र बुधबार मौसम सफा रहने

विभागका अनुसार मंगलबार देशका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रमा तथा उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

मंगलबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा मौसम सफा रहनेछ । देशका बाँकी भूभागमा समेत मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । राति पनि देशभर साधारणतया मौसम सफा रहने विभागले जनाएको छ ।

त्यस्तै, बुधबार दिउँसो देशका अधिकांश स्थानमा मौसम सफा रहनेछ । हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

बुधबार राति देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ । देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

बिहीबारदेखि मौसममा परिवर्तन

विभागका अनुसार बिहीबारदेखि देशको मौसममा उल्लेखनीय परिवर्तन आउनेछ । दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ ।

त्यस दिन देशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ । साथै, कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बिहीबार राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको विभागले चेतावनी दिएको छ ।
शुक्रबार हिमपात र भारी वर्षा 

मौसम पूर्वानुमानअनुसार शुक्रबार हिमपात तथा वर्षाको प्रभाव थप विस्तार हुने देखिएको छ । त्यस दिन दिउँसो देशभर साधारणतया बादल लाग्नेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको छ । यसले उच्च हिमाली क्षेत्रको जनजीवन तथा आवागमनमा असर पुर्‍याउन सक्ने देखिएको छ ।

शुक्रबार राति पनि देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना कायमै रहनेछ ।

शनिबार पनि वर्षा र हिमपात 

विभागका अनुसार शनिबार पनि देशभर मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम छ । त्यस दिन देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

शनिबार राति देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

यसरी बिहीबारदेखि सुरु हुने मौसम परिवर्तन शुक्रबार र शनिबारसम्म कायम रहने तथा त्यसपछि वर्षा र हिमपातको प्रभाव केही कम हुँदै जाने संकेत विभागको पूर्वानुमानले गरेको छ ।

सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि शनिबारसम्म विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार कात्तिक १२ गते बिहीबारदेखि कात्तिक १४ गते शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा भारी हिमपात तथा वर्षाको सम्भावना रहेकाले दैनिक जनजीवन, पर्यटन, यातायात, पर्वतारोहणलगायतका क्षेत्रमा प्रभाव पर्न सक्ने विभागले जनाएको छ ।

भारी हिमपातका कारण हिमाली क्षेत्रका सडक तथा पदमार्गमा आवागमन कठिन हुन सक्ने, उच्च हिमाली बस्तीमा चिसो बढ्ने तथा पर्यटकीय गतिविधि प्रभावित हुन सक्ने जोखिम छ । विशेषगरी उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटक, पदयात्री, पर्वतारोही र स्थानीय बासिन्दाले मौसमको अवस्था बुझेर मात्र यात्रा गर्नु उपयुक्त हुने देखिएको छ ।

विभागले वर्षा र हिमपातबाट हुन सक्ने जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन तथा पछिल्ला मौसम पूर्वानुमान र सूचनाबारे नियमित जानकारी लिनसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३