विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिका स्थानीयलाई उद्यमशीलता विकासकाे तालिम दिइएको छ । राष्ट्रिय युवा परिषद्, छथर गाउँपालिका र नबिल बैंकबिच भएको त्रिपक्षीय समझदारीमा स्थानीयलाई ७ दिन (एक साता) को तालिम दिइएको हो । 

बैंकका अनुसार उक्त तालिम २०८० बैशाख १० गतेदेखि १६ गतेसम्म दिइएको हो । स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथ दिन यो तालिम निकै सहयोगी हुने अपेक्षा राखिएको बैंकले जनाएको छ । 

उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याइ देश भित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ तालिम दिइएको बैंकले जनाकारी दिएको छ । नबिल दिगो बैंकिङ अवधारणा अनुरूप सामाजिक उत्तरदायित्व बहन गर्दै बैंकले यस कार्यक्रममा आफ्नो आबद्धता जनाएको हो ।

उक्त ७ दिने तालिम कार्यक्रममा ५७ स्थानीय उद्यमीहरू सहभागी भएका थिए । उद्यमी बन्न चाहानेको लागि उद्यमशीलतामा क्षमता वृद्धि तथा वित्तीय साक्षरताको लागि यो तालिम सहयोगी हुनुका साथै उद्यमशीलता विकास र स्वरोजगार प्रवर्द्धन नमा नबिल बैंकको सधैँ साथ रहने नबिल बैंकका एसएमई, लघुवित्त तथा दिगो बैंकिङ प्रमुख निरज कुमार बस्नेत डनिलले बताए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit