विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । उदयपुर जिल्लामा पहिचान भई निर्माण अघि बढ्न लागेको सुनकोसी कम स्टोरेज डाइभर्सन आयोजनाको डाईभर्सन  सुरुङको अध्ययन पूरा भएको छ । नेपाल सरकारका लागि जापान अन्तराष्ट्रिय सहयोग नियोग (जिका) ले सन् १९८५ मा तयार गरेको कोसी बेसिनको जलस्रोत विकास सम्बन्धि गुरुयोजना अन्तर्गतका  आयोजनाको प्रस्तावित सुरुङको अध्ययन पूरा भएको हो ।

आयोजना अन्तर्गतको सुनकोसी डाइभर्सन  र कमला बाँधको आयोजनाको सुरुङको अध्ययन पूरा भएको विद्युत विकास विभागले जनाएको छ । यस्तै, दुवै डाइभर्सनको प्रस्तावित विद्युतगृह क्षेत्रको फिल्ड सर्वेक्षण कार्य पूरा गरी टोपोग्राफिकल नक्सा तयार भइसकेको पनि विभागले जनाएको छ । आयोजनाको लागि कमला ड्याम कम्प्लेक्स क्षेत्रमा ४१५ मिटर (१२ स्थानमा) ड्रिलिङ गर्नुपर्ने कार्य पनि पूरा भएको छ ।

सुनकोसी डाइभर्सन बाँध उदयपुर जिल्लाको सोरुङ्ग छाबिसे र खोटाङ्ग जिल्लाको डिकुवा गाविसमा पर्दछ । यो आयोजना पूरा भएपछि ६१.४ मेगावाट विद्युत उत्पादन हुनेछ । 
यस्तै, कमला बाँध उदयपुर जिल्लाको त्रिवेणी गाविस र धनुषा जिल्लाको तल्लो गोदार गाविसमा पर्दछ । यसबाट ३२ मेगावाट विद्युत उत्पादन हुनेछ । 

सुनकोसीको पानी कमला नदीमा मिसाई प्रदेश २ को सप्तरी, सिरहा, धनुषा र महोत्तरीका १ लाख ८१ हजार ८०२ हेक्टर खेतमा वर्षैभरि पानी उपलब्ध गराउन सकिने योजना छ । तर हिउँदयाममा कमला नदीमा पानी थोरै भएकाले पश्चिमी सिरहा र पूर्वी धनुषा मुश्किलले ८ हजार ५ सय हेक्टरमा मात्र सिँचाइ गर्न सक्छ । वर्षायाममा भने कमला सिँचाइबाट २५ हजार हेक्टर खेतमा पानी आपूर्ति हुन्छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit