विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको इन्डियन आयाल कर्पोरेसन (आईओसी) ले साउन १६ गते (सोमबार) पेट्रोल, डिजेल मूल्य घटाएर पठाएको छ । गत असार ३१ गतेमात्र घटाएर पठाएकाे आईओसीले २ सातामै फेरी घटाएर पठाएकाे हाे ।

आईओसीले पठाएको मुल्य अनुसार पेट्रोलमा प्रतिलिटर १२.४५ रुपैयाँ र डिजेल प्रतिलिटर १६.८० रुपैयाँ घटाएर पठाएको निगमले जनाएको छ ।  हवाई इन्धन (आन्तरिक र वाह्या) एल.पी ग्यास को मूल्यमा भने थपघट भएको छैन् । 

आइओसीले गत असार ३२ गते पनि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको थियो । पेट्रोलमा प्रतिलिटर १५.९२ रुपैयाँ र डिजेल÷मटिट्तेलमा प्रतिलिटर १६.६९ रुपैयाँ घटाएर पठाएको थियो ।

यसरी खरिद मुल्य घटाएर पठाउँदा पनि निगमलाई १५ दिनमा करिब २ अर्ब १६ करोड रुपैयाँ घाटा हुने भन्दै बिक्री मूल्य घटाएको थिएन । हाल पेट्रोलियम पदार्थ प्रतिलिटर १८१, डिजेल÷मटिट्तेल १७२, हवाई इन्धन आन्तरिक १९०, हवाई इन्धन बाह्य १ डलर, र एल.पी. ग्यास १८०० मा बिक्री भइरहेको छ । 

भारतीय आयल कर्पोरेसन आइओसीले बक्यौता तिर्न सरकारले नेपाल आयल निगमलाई ८ अर्ब रुपैयाँ ऋण दिने भएको छ । सरकारले ऋण तिर्ने सिमा ५ वर्ष राखेर निगमलाई रकम उपलब्ध गराउने भएको छ । 

राष्ट्रिय बाणिज्य बैंकसँग पनि करिब ३ अर्ब रुपैयाँ ऋण दिने प्रक्रिया अघि बढाएको निगमले जनाएको छ । यस्ले आइओसीलाई भुक्तानी गर्न केही सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३