विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपालमा पेट्रोलियम पदार्थको मूल्य पुन बढाएर पठाएको छ । आईओसीले जेठ २ गते (सोमबार) पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो ।

नेपाल आयल निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको  प्रतिलिटर १८४.०२ रुपैयाँ थियो ।

साथै, डिजेलको खरिद मूल्य १८८.३३ रुपैयाँ पुगेको छ भने मट्टितेलको मूल्य १४०.३६ रुपैयाँ पुगेको निगमले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । आईओसीले पठाएको नयाँ खरिद मूल्य अनुसार निगमले १५ दिनमा करिब साढे  चार अर्ब रुपैयाँ घाटा ब्यहोर्नुपर्ने देखिएको छ ।

आइओसीले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर २२.९४ रुपैयाँ र डिजलमा ३५.३३ रुपैयाँ घाटा हुने निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासमा निगमलाई प्रति सिलिण्डर १०५०.१८ रुपैयाँ घाटा छ । यसका कारण आगामी १५ दिनमा करिब ४ अर्ब ४९ करोड रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ ।

यसअघि मे १ मा आईओसीले पठाएको मूल्यअनुसार निगम १५ दिनमा ५ अर्ब १९ करोड रुपैयाँ घाटा रहेको बताउँदै गत शनिवार (बैशाख ३१ गते) रातिदेखि लागु हुने गरी प्रतिलिटर १० रुपैयाँ बढाएको थियो ।

निगमलाई मट्टितेल र हवाई इन्धनमा भने नाफा छ । मट्टितेलमा प्रतिलिटर १२.६४ रुपैयाँ र हवाई इन्धनमा (आन्तरिक तर्फ) प्रतिलिटर ५.४५ रुपैयाँ र बाह्य तर्फ ६०.०१ रुपैयाँ नाफा छ ।

भारतबाट बढेर आएसँगै नेपालमा पनि फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत देखिएको छ । तर निगमले यस सम्बन्धी कुनै निर्णय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit