विद्युत अपडेट

  • प्राधिकरण : ८५३२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७५० मे.वा.घन्टा
  • निजी क्षेत्र : १५८५४ मे.वा.घन्टा
  • आयात : ९०२८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १७५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८९१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २००९ मे.वा.
२०८१ जेठ ११, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा एकैपटक प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको छ। निगमले शुक्रबार (भदाै १५ गते)  देखि लागू हुनेगरी मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट मूल्य बढेर आएकाले समायोजन गरिएको निगमले जनाएको छ । बढेको मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर अब १८९५ रुपैयाँ कायम भएकाे छ । यसअघि १६६० रुपैयाँ थियो ।

यसैगरी, निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ पनि बढाएको छ । पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टितेलमा ३ रुपैयाँले बढाएको निगमले जनाएकाे छ ।  काठमाडौंमा पेट्रोल प्रतिलिटर १८२ र डिजेल/मट्टितेल प्रतिलिटर १७० पुगेको छ । यसअघि पेट्रोल १७८ र डिजेल/मट्टितेल १६७ रुपैयाँ थियो ।

निगमका अनुसार आइओसीबाट पेट्रोल र डिजलमा क्रमशः ३.१७ रुपैयाँ र २.४८ रुपैयाँ मूल्य बढेर आएको छ । यस्तै, ग्यासमा १८६ रुपैयाँ मूल्य बढेर आएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit