विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशको विभिन्न स्थानमा जलविद्युत आयोजना निर्माण तथा सञ्चालन गरिरहेको ६ जलविद्युत कम्पनीले साढे ६ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कम्पनीले आफ्ना सेयरधनी सदस्यका लागि छुट्याएको सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएका हुन् । 

६ जलविद्युत कम्पनीले ६ करोड ५६ लाख ९३ हजार ९ सय ७ कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएका छन् । बोर्डका अनुसार सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनीहरूमा छया्ङदी हाइड्रो पावर लिमिटेड, सिंगटी हाइड्रो इनर्जी लिमिटेड, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड, अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रिडी पावर कम्पनी लिमिटेड र घलेम्दी हाइड्रो पावर लिमिटेड रहेका छन् ।

सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनीहरूमध्ये सबै भन्दा बढी अरुण भ्याली रहेको छ । यो कम्पनीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता हकप्रद सेयर निष्कासन गर्न साउन २४ गते बोर्डमा आवेदन दिएको छ । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

दोलखामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको सिंगटी हाइड्रोले १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएको छ । कम्पनीले भदौ २७ गते सेयर निष्कासन अनुमतिका लागि आवेदन दिएको हो । कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न कुमारी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्ध तोकिएको छ ।

यसैगरी, हिमालयन ऊर्जाले ९९ लाख कित्ता, रिडी पावरले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता, छया्ङ्दी हाइड्रोले ३८ लाख ६९ हजार ७ सय ७५ कित्ता र घलेम्दी हाइड्रोले ११ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न आवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit