विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले केवल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाबाट साढे ४१ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । प्राधिकरणको संरचना उपयोग गरी शुल्क नतिर्ने सेवा प्रदायकको सेवा विस्तार रोकेर कारबाही गरेपछि यति राजश्व उठेको हो ।

७ वटा केबल नेटवर्क र इन्टरनेट सेवा प्रदायक संस्थाबाट ४१ लाख ५९ हजार रुपैयाँ राजस्व उठाएको वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका अनुसार चित्रवन केवल नेटवर्कबाट ३० लाख ५५ हजार ६८ रुपैयाँ उठेकाे छ । कनेक्ट नेपाल नेटवर्कबाट १ लाख ७७ हजार ९ सय ६५ रुपैयाँ राजश्व असुल गरिएको छ ।

यस्तै, त्रिवेणी केवल नेटवर्कबाट १ लाख ९३ हजार ८ सय, प्राइम नेटवर्कबाट २ लाख ३ हजार ४ सय, फाइबर वर्ल्ड कम्युनिकेशनबाट १ लाख २२ हजार ४०, वेब सर्भरबाट १ लाख १ हजार ७ सय र ब्राडलिङबाट ३ लाख ५ हजार एक सय रुपैयाँ राजस्व उठाएको वितरण केन्द्रले जनाएको छ ।

लामो समयदेखि संरचना उपयोग गरेबापतको रकम नतिरेका सेवा प्रदायकहरूबाट पनि  विस्तारको काममा रोक लगाएर थप राजश्व उठाउने तयारी  केन्द्रले गरेकाे छ ।

चितवनका  अधिकांश इन्टरनेट सेवा प्रदायकले सेवा विस्तार गर्न प्राधिकरणको विद्युतीय पोल प्रयोग गरेर राजश्व तिरेका छैनन् । प्राधिकरणले २०७३ सालमा नयाँ कार्यविधि बनाएर लागु गरेदेखि नै सेवा प्रदायकले राजश्व तिर्न अडेरी गरिरहेकाले कारबाही गरेर असुल्ने अभियान सुरु गरिएको हो ।

कुनै सेवा प्रदायकले अब पनि अटेरी गरेमा सेवा विस्तार कार्य रोक्ने, केबल काट्ने तथा दोस्रो चरणमा कनुनी दायराभित्र नआउने सबैलाई नियमअनुसार कारबाही प्रकृया अघि बढाउने केन्द्रले जानकारी दिएकाे छ । 

इन्टरनेट सेवा वा अन्य सञ्चार सम्बन्धी सेवा प्रदान गर्ने कम्पनीहरुले नियमित पोल चार्ज वापत पोल भाडा अवस्था हेरेर झण्डै ९ हजारदेखि १४ हजार प्रति किमी तिर्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit