images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । पूर्वजलस्रोत मन्त्री देवीप्रसाद अधिकारी (डिपी अधिकारी) को ९२ वर्षको उमेरमा सोमबार (पुस २७ गते) दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । धरानको चतरामा जन्मेका उनी पछिल्लो समय अल्जाइमर्सबाट पीडित रहेको पारिवारिक स्रोतले जानकारी दियो ।

कम्युनिष्ट पार्टीका पूर्व पोलिटव्यूरो सदस्यसमेत रहेका अधिकारी २०३२ सालतिर तत्कालीन संविधान सुधार आयोगमा सहभागी भएका थिए । त्यसपछि पञ्चायतमा प्रवेश गरीका उनी २०३४ सालमा जलस्रोत मन्त्रालयको जिम्मेवारीमा काम गरेका थिए ।

अधिकारीले साना जलविद्युत् आयोजनाको विकास गरी गाउँगाउँमा कुटिर उद्योग चलाउन सकिने अवधारणा ल्याएका थिए । यसबाट स्थानीय जनता र देशको अर्थतन्त्र माथि उठ्न सक्ने उनको विश्वास थियो । यस्तै, उनले देशमा हावाबाट बिजुली निकाल्न परीक्षणसमेत गराएका थिए ।

उनकै कार्यकालमा धादिङको गजुरीमा पहिलो साना जलविद्युत् आयोजना (माइक्रो हाइड्रो) निर्माण भएको पूर्वजलस्रोत मन्त्री दीपक ज्ञवालीले स्मरण गरे । ‘सिँचाइका लागि पानी आवश्यक रहेको भन्ने विवादका कारण पछि यो माइक्रो हाइड्रो बन्द भयो,’ उनले भने, ‘सोभियत संघबाट अध्ययन गरेर फर्केपछि मैले पनि उनीसँग केही विषयमा परामर्श गर्ने मौका पाएको थिएँ ।

अधिकारीले विद्युत् विभागमै साना जलविद्युत् विभाग स्थापना गरेर यसको प्रवद्र्धन गरेको पनि ज्ञवालीले स्मरण गरे । आज जलविद्युत् विकासको फराकिलो स्वरूप अधिकारीले त्यतिबेला बसालेको जग ठान्छन् ज्ञवाली । स्व. अधिकारीका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit