विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २९ कर्मचारीको बढुवा गरेको छ । प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन तथा कार्यक्षमता मुल्याङकनका आधारमा बढुवा गरेको हो ।

४ तहमा रहेका यी कर्मचारीलाई ५ तह (सुपरभाइजर) मा बढुवा गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार जेष्ठता र कार्यसम्पादन मुल्याङकनका आधारमा १२ कर्मचारीलाई बढुवा गरिएको छ । यस्तै, कार्यक्षमता मुल्याङकनका आधारमा १७ कर्मचारीलाई बढुवा गरिएको छ ।

जेष्ठता र कार्यसम्पादन मुल्याङकनका आधारमा ३ जनालाई मेकानिकलमा र ९ जनालाई इलेक्ट्रिकलमा बढुवा गरिएको छ । यस्तै, कार्यक्षमता मुल्याङकनका आधारमा ४ जना मेकानिकल र १३ जना इलेक्ट्रिकलमा बढुवा भएका छन् ।

जेष्ठता र कार्यसम्पादनका आधारमा मेकानिकल तर्फ बिक्रम चन्द, तिलक बहादुर स्वार र रामदत्त पाण्डेयलाई बढुवा गरिएको छ । यस्तै, इलेक्ट्रिकतर्फ करन सिंह धामी, मोहन बहादुर गुरुङ, दिपक प्रसाद जैसी, भरत साह, जयराम भट्टराई, सतिश शर्मा, राजेन्द्र महतो, राम करण सुरैत र सुरज दाहाललाई बढुवा गरिएको छ ।

कार्यक्षमता मुल्याङकनका आधारमा मेकानिकलतर्फ शिवनाथ भट्टराई, भन्द्रमणि कुमार सिंह, बिरेन्द्र राय यादव, बेद प्रसाद भट्टराईलाई बढुवा गरिएको छ । इलेक्ट्रिकलतर्फ लोकनाथ ढुंगाना, तुलसी राम भट्टराई, डम्बर राज पनेरु, भुपेन्द्र कुमार बाँठा, गणेश बहादुर श्रेष्ठ, पदम प्रसाद पाण्डे, पदम कुमार श्रेष्ठलाई बढुवा गरिएको छ ।

 यस्तै, शिवलाल चौधरी, फिरोज आलम ठकुराई, दिलनाथ सापकोटा, तिलिसरा दर्लामी, रामलाल ताजपुरिया, इश्वर प्रसाद कोइरालालाई ४ तहबाट ५ तहमा बढुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit