विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोकका लेखा अधिकृत तोरणबहादुर कार्कीले साढे ४ करोड रुपैयाँ बढी अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको छ । आयागले ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँको खर्च तथा लगानीको वैधानिक स्रोत नखुलि अकुल सम्पत्ति आर्जन गरेको पुष्ठि भएकोले मुद्दा दायर गरेको हो ।

आयोगले कार्कीले सार्वजनिक सेवा प्रवेश गरेको २०५३ जेठ १७ गतेदेखि २०७९ मंसिर २८ गतेसम्मको समग्र आयको छानविन गर्दा १ करोड ८ लाख ४८ हजार ५ सय ९० रुपैयाँ देखिएकोमा सोही अवधिमा कार्कील ५ करोड ७५ लाख ८७ हजार ३ सय ७० रुपैयाँ खर्च गरेको पुष्टि भएको जनाएको छ ।

कार्कीको समग्र आयबाट समग्र व्यय घटाउँदा ४ करोड ६७ लाख ३८ हजार ७ सय ८० रुपैयाँको वैधानिक स्रोत नखुलेपछि रकमलाई विगो कायम गरी जरिवाना र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको हो ।

सार्वजनिक पदको दुरुपयोग गरी आर्जन गरेको सम्पत्ति श्रीमती उर्मिला थापा कार्कीसमेतको नाममा जग्गा, सेयर, सवारी साधन खरिद तथा बैंक खाताहरूमा मौज्दात लगायतमा गरिएका खर्चमध्ये स्रोत नखुलेको सम्पत्ति जफतमात्र गर्नेगरी उर्मीलालाई समेत प्रतिवादि बनाई अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३