विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

नवलपरासी । बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन । चालू आर्थिक वर्षको असोज मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि यहाँ काम अलपत्र परेको छ ।

विद्युतीकरणका लागि विसं २०७५ मा भौतिक पूर्वाधार विकास मन्त्राललय गण्डकी प्रदेशमार्फत रू. एक करोड ८२ लाख १५ हजार ३९७ बजेट विनियोजन गरिएको थियो । विसं २०७६ माघ महीनादेखि यहाँ पोल गाड्ने काम शुरु भएको थियो । 

गत चैत महीनामा नै पोल गाड्ने काम अन्तिम चरणमा पुगेको भए पनि त्यसयता काम ठप्प हुँदा बिजुली बालेर उज्यालोमा बस्ने सपना देखेका यहाँका बासिन्दा निरास भएका छन् ।

गत वर्षको चैत महिनादेखि लकडाउन भएपछि काम रोकिएको थियो । अन्य ठाउँका विकास निर्माणका काम  विगत चार÷पाँच  महीनादेखि नै सञ्चालन भइरहँदा यहाँको काम सञ्चालन हुन नसक्दा उज्यालोमा बस्ने स्थानीयवासीको आशा निराशामा परिणत भएको स्थानीय अगुवा कुलमणि ढुंगानाले बताए ।

‘हामीले पटक–पटक स्थानीय र प्रदेश सरकारलाई यस विषयमा ध्यानाकर्षण गरायौँ तर कसैले पनि चासो देखाएका छैनन् । देशैभर विभिन्न विकास निर्माणका कामले गति लिँदा पनि यस गाउँमा विद्युत् प्राधिकरणको काम अलपत्र परेको छ । काम छिटो सम्पन्न गरेर हाम्रो समस्याको सामाधान गर्नुपर्यो’, ढुंगानाले भने ।

गाउँमा बत्ती आए धेरै सुविधा हुने, कुटानी पिसानीदेखि बत्ती बाल्न, टिभी हेर्न सजिलो हुने स्थानीयवासी कृष्णप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार विद्युत् नहुँदा  कतिपयले गाउँ छाडेर गएका छन् । ‘विद्युत् नहुँदा युवा  पनि गाउँबाट पलायन भएर अन्त गएका छन् । 

बिजुली भएको भए त गाउँमै केही गर्ने थिए होला नि ?’, पराजुलीले भने, ‘सिँचाइलाई पानीको पनि समस्या रहेकाले बत्ती आएको भए जेनेरेटरले खोलाबाट पानी तान्न पनि सजिलो हुने थियो, अरु सबै मेसिन चलाउन सजिलो हुने थियो तर बत्ती नहुँदा सबै कुरामा समस्या छ ।’

बौदिकाली गाउँपालिकाको  वडा नं ३ र ४ मा करिब पाँच किलोमिटरको दूरीमा १५० वटा हाइटेन्सनका पोल गाडिएका छन् भने स्थानीय तहका करिब १५ किलोमिटरको दूरीमा ४०० पोल गाडिएको विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका इञ्जिनीयर कविन्द्रकुमार झाले जानकारी दिए । 

चालू आवको असोज मसान्तसम्म बिजुली बाल्ने सम्झौता भएको भए पनि कोरोना संक्रमणका कारणले रोकिएको झाले बताए । त्यसपछि अहिले डिस इन्सुलेटरको अभावले कामलाई अगाडि बढाउन नसकिएको उनको भनाइ छ । 

विद्युत् प्राधिकरण काठमाडौंले डिस इन्सुलेटरको व्यवस्थापन गरेपछि मात्र तनहुँबाट विद्युत् तार जडान गरी काम अगाडि बढाउन सकिने झाले बताए ।

आर्थिक अभियान दैनिक

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit