विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४ सय केभी डबल सर्किट कर्णाली कोरिडोर प्रसारण लाइनको अध्ययन आगामी फागुनभित्र सम्पन्न हुने भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले नेपाल–भारत सीमाको कर्मादेवदेखि कालिकोटको खाडाचक्रसम्म पर्ने २ सय ४० किलोमिटर लामो प्रसारण लाइनको रुटमा अध्ययन अबको २ महिनाभित्र सम्पन्न गर्न लागेको हो ।

कर्णाली प्रदेशलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको प्रसारण लाइन आयोजनाको चालू आर्थिक वर्षको दोस्रो चौमासिकभित्र सम्पन्न गर्ने तालिका रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले प्रसारण लाइनको सर्भे, चेक सर्भे, माटो परीक्षण, विद्युतीय प्ररिरोधात्कम परीक्षणलगायत स्थलगत अध्ययन पूरा भइसकेका छन् ।

कर्णाली कोरिडोको ३ खण्डमा सर्वेक्षण तथा वातावरणीय अध्ययन गरिएको छ । पहिलो खण्डमा फुकोट–वेतान, दोस्रो खण्ड बेतन–दोदोधारा र दोदोधारा–कर्मादेव प्रसारण लाइन निर्माण हुनेछ । 

कम्पनीले प्रसारण लाइनको पहिलो र तेस्रो खण्डको वातावरणीय परीक्षण कार्यसूची तयार गरी विद्युत विकासमा पेश गरिसकेको छ । विभागमा पेश भएको कार्यसूची स्वीकृत भएपछि प्रसारण लाइनको प्रारम्भिक वातारणीय परीक्षणको काम सुरु गरिने भएको छ ।

यस्तै, वेतन–दोदोधारा खण्डको प्रारम्भिक वातावरणीय परीक्षण कार्यसूची पनि विभागमा पेश भएको छ । तर, यो खण्डको रुट पर्ने चुरे क्षेत्रमा १३२ केभी भन्दा उच्च क्षमताको प्रसारण लाइनको स्पष्ट प्रावधान नहुँदा विभागले अहिलेसम्म पेश भएको कार्यसूची उपर प्रक्रिया अघि नबढाएको कम्पनीले जनाएको छ । 

कर्णाली कोरिडोर प्रसारण लाइन अन्तर्गत ३ वटा सबस्टेसन निर्माण हुनेछन् । दोदोधारा सबस्टेसन कैलालीमा, वेतन सबस्टेसन सुर्खेतमा र फुकोट सबस्टेसन कालिकोटमा निर्माण हुनेछ । कम्पनीले वेतन सबस्टेसनको जग्गा प्राप्तीको कार्य पूरा गरिसकेको छ । दोदोधारा र फुकोट सबस्टेसन निर्माण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा जग्गा प्राप्ती गर्ने काम भइरहेको छ । 

यो कोरिडोरको प्रसारण लाइन सन् २०२४ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गर्न करिब १७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । याे प्रसारण लाइनमार्फत २ हजार ५ सय मेगावाट विद्युत प्रवाह गर्न सकिनेछ ।

नेपालमा राष्ट्रिय प्रसारण लाइनको विकास, निर्माण, स्तरोन्नति तथा सञ्चालन गर्ने उद्देश्यले स्थापना भएको कम्पनीको कर्णाली कोरिडोर नै पहिलो प्रसारण लाइन आयोजना हो । यो कोरिडोरमार्फत कर्णाली बेसिनका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit