विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लमजुङमा निर्माणाधीन १३२ केभी दोर्दी कोरिडोर प्रसारण लाइन आयोजना आगामी फागुनभित्र  सञ्चालनमा आउन भएको छ । दोर्दी खोलामा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न निर्माण गरिएको प्रसारण लाइन अबको साढे २ महिनामा सञ्चालनमा आउन लागेको हो ।

प्रसारण लाइनको करिब ८० प्रतिशत निर्माण सकिएको आयोजना प्रमुख रमेश पौडेलले बताए । उनका अनुसार किर्तीपुर सबस्टेसनदेखि उदिपुर सबस्टेसनसम्म १० किलोमिटर लामो प्रसारण लाइनको २५ वटा टावर खडा गरिएको छ ।

बाँकी १२ वटा टावरको पनि जग खनेर ढलानको काम भइरहेको उनले बताए । प्रसारण लाइनमा ३७ वटा टावर निर्माण हुनेछन् । प्रसारण लाइन पहिले नै सम्पन्न गरिसक्नु पर्ने तालिका भए पनि कोरोना (कोभिड–१९) महामारी रोक्न गरिएको लकडाउनका कारण कामदार तथा निर्माण सामाग्री अभावमा काम प्रभावित हुँदा सम्भव नभएको उनले बताए ।

प्रसारण लाइनका सबै उपकरण आइसकेकाले अब धेरै समय नलाग्ने उनले बताए । ‘प्रसारण लाइनका उपकरण आयोजनास्थलमा ल्याइसकिएको छ’ उनले ऊर्जा खबरसँग भने, ‘बाँकी काम सम्पन्न गर्न धेरै समय लाग्दैन ।’ उनले प्रसारण लाइनको तार तान्ने काम भइरहेको बताए ।

प्रसारण लाइनसँगै उदिपुर सबस्टेसनको काम पनि ९० प्रतिशत पूरा भएको छ । अहिले सबस्टेसनमा उपकरण जडानको काम भईरहेको छ । नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीले सबस्टेसन र जोशी एण्ड मुडवरी कम्पनीले प्रसारण लाइन निर्माणको जिम्मा पाएका छन् ।

२०७५ मंसिरदेखि निर्माण सुरु भएको यो प्रसारण लाइन पूरा गर्न २६ करोड लागत अनुमान गरिएको छ । प्रसारण लाइन तयार भएपछि दोर्दी कोरिडोरमा निर्माणाधीन २ सय मेगावाटका आयोजनाको विद्युत यो लाइनमार्फत २२० केभी मर्स्याङ्दी कोरिडोरमा लगेर जोडिनेछ । 

दोर्दी कोरिडोरमा अहिले २५ मेगावाटको माथिल्लो माथिल्लो दोर्दी ‘ए’ ५४ मेगावाटको सुपर दोर्दी, २७ मेगावाटको दोर्दीखोला, १२ मेगावाटको दोर्दी–१ लगायतका आयोजना निर्माणाधीन छन् । यी मध्ये माथिल्लो दोर्दी ‘ए’ र दोर्दीखोला र दोर्दी–१ अन्तिम चरणमा पुगेका छन् । प्रसारण लाइन तयार भइनसकेकै कारण माथिल्लो दोर्दी ‘ए’ र दोर्दी खोलाको उत्पादन तालिका पटक–पटक सर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit