विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रसुवामा निर्माणाधीन ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको काम ८३ प्रतिशत पूरा भएको छ । सान्जेन जलविद्युत कम्पनीले निर्माण गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको बाँध, सुरुङ, विद्युतगृह सबै क्षेत्रको काम एकसाथ भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाको सिभिल संरचनाको काम ८६ प्रतिशत पूरा भएको छ 

बाँध क्षेत्रको इन्टेक, डिसान्टरलगायतका निर्माण कार्य ९२ प्रतिशत पूरा भएको छ । आयोजनाको ३ हजार ६ सय ४० मिटर लामो मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी फाइनल सर्पोटको काम भइरहेको छ ।

कमजोर भौगर्भिक अवस्थितीमा रहेको करिब ६७० मिटर सुरुङको लाइनिङको काम भइरहेको छ । पेनस्टक पाइपलाइन खन्ने काम पूरा गरी पाइप बिछ्याउने काम भइरहेको छ ।

विद्युतगृहको सिभिल संरचनाको काम सम्पन्न गरी पर्खाल ढलानको काम भइरहेको छ । ढलानको काम पनि अन्तिम चरणमा पुगेको छ । यस्तै, लट २–इलेक्ट्रोमेकानिल उपकरण जडानको काम ६० प्रतिशत पूरा भएको कम्पनीले जनाएको छ ।

कम्पनीले २०१३ सेप्टेम्बर ४ मा  इलेक्ट्रोमेकानिल उपकरण जडानका लागि ठेक्का सम्झौता गरेको थियो । अहिले उपकरण डिजाइन, जडान र आयातको काम भइरहेको छ । विद्युतगृहको सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेकोले अब उपकरण जडानको तयारी भइरहेको पनि कम्पनीले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलिएको महामारीका कारण चिनियाँ नाका भन्सारबाट उपकरण आयात गर्न नसक्दा काम प्रभावित भएको थियो । अहिले सहज भएपछि उपकरण आयाताको काम भइरहेको छ ।

यस्तै, हाइड्रो मेकानिल उपकरण जडानका लागि १७ अक्टोबर २०१३ मा सम्झौता भएको थियो । यल लटको कनेक्टिङ पाइप, साइफोन पाइप, इन्टेक गेटलगायत सर्ज ट्याङकको काम पूरा भएको छ । यस लटको उपकरण आयात, जडान, डिजाइन, उत्पादन सबै गरी करिब ७९ प्रतिशत काम पूरा भएको छ ।

आयोजनाको सबै काम पूरा गरेर आगामी १० महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको चिलिमे हब सबस्टेसन जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ५.९ किलोमिटर लामो प्रसारण लाइनको काम पूरा भएको छ  । लाइनमा २० वटा टावर खडा गरिएको छ ।

यही कम्पनीले १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजना निर्माण गरीरहेको छ । आयोजनाको ९२ प्रतिशत काम पूरा भएको छ । आयोजनाबाट आगामी ७ देखि ९ महिनाभित्र उत्पादन सुरु गर्ने लक्ष्य छ ।

दुवै आयोजनाका इलेक्ट्रोमेकानिकल उपकरणहरूको उत्पादन, जडान, परीक्षण सञ्चालनको ठेक्का पाएको कम्पनीका प्राविधिकहरु चीनबाट नेपाल आउन नसक्दा करिब २ वर्षदेखि काम प्रभावित हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit