विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १९, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल हाइड्रोपावर एकेडेमीको अध्यक्षमा मिथुन चक्रवर्ति प्रसाद पौडेल नियुक्त भएका छन् । उनी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का सदस्य हुन् ।

संस्थाको माघ २ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले पौडेलको अध्यक्षमा ५ सदस्य सञ्चालक समिति चयन गरेको हो । समितिका सदस्यहरूमा विश्वेश्वरप्रसाद ढकाल, शङ्कर बस्याल, गोपाल न्युरे र सञ्जीव न्यौपाने रहेका छन् । समितिको पदावधि ३ वर्षको हुने छ ।

धादिङको धुनिवेशी नगरपालिका–५ मा कार्यालय रहेको एकेडेमी मुनाफा वितरण नगर्ने गैर–सरकारी व्यावसायिक तालिम केन्द्र हो । यसको स्थापना सन् २०२२ मा भएको हो । एकेडेमीले जलविद्युत् आयोजनाहरूको सञ्चालन तथा मर्मतसम्भारमा केन्द्रित छोटो अवधिका (२ हप्ता देखि ३ महिना सम्मका) तालिम प्रदान गर्दै आएको छ ।

यहाँ युरोपबाट ल्याइएका उन्नत सामग्रीसहित अत्याधुनिक जलविद्युत् कार्यशाला सञ्चालनमा रहेको संस्थाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३