विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मर्स्याङ्दी कोरिडोर अन्तर्गत निर्माणाधीन २२० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको ३७.११ प्रतिशत काम सकिएको छ । प्रसारण लाइनको  उदिपुर-मार्किचोक-भरतपुर र मनाङ्ग-खुदी-उदिपुर खण्ड तथा २ वटा सबस्टेसन निर्माणको यति भौतिक प्रगति भएको हो ।

विविध कारणले कोरिडोर प्रसारण लाइनको निर्माण सुस्त गतिमै भए पनि अघि बढिरहेको आयोजना प्रमुख चिरन्तनबिक्रम राणाले बताए । उनका अनुसार प्रसारण लाइनको उदिपुर-मार्किचोक-भरतपुर खण्डमा करिब ६० प्रतिशत निर्माण सम्पन्न भएको छ ।

लमजुङको उदिपुरदेखि चितवनको भरतपुरसम्म पुग्ने प्रसारण लाइनको यो खण्ड निर्माण भइरहेको छ । यो खण्डमा प्रसारण लाइनको १९२ वटा टावर निर्माण हुँदैछन् । यो खण्डको ६ किलोमिर प्रसारण लाइन लमजुङको दोर्दी कोरिडोरमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत मर्स्याङ्दी जलविद्युत केन्द्रको स्वीचयार्डसम्म पुर्याउन उपयोग हुँदैछ ।

प्रसारण लाइनको ६ किलोमिटर खण्डमा सबै टावरहरू निर्माण गरी तार तान्ने काम भइरहेको राणाले जानकारी दिए । ‘दोर्दी कोरिडोरका आयोजनाको विद्युत प्रवाह हुने खण्डको निर्माण पहिले नै भइसक्नु पर्ने थियो,’ उनले ऊर्जा खबरसँग भने, ‘विविध कारणले गर्दा तोकिएको तालिकाअनुसार काम गर्न सकिएन । अब भने काम अन्तिम चरणमा पुगेको छ । फागुनभित्र तार तान्ने काम सकिएपछि लाइन सञ्चालनका लागि तयार हुनेछ ।’

उनले उदिपुर–मार्किचोक–भरतपुर खण्ड पर्ने गोरखामा जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको बताए । जग्गा प्राप्तिका लागि सूचना प्रकाशित गरिसकिएको र फागुनभित्र टुंगो लागिसक्ने उनले बताए । लमजुङको रुटमा जग्गा अधिग्रहण कार्य पूरा भइसकेको छ ।

प्रसारण लाइनको उदिपुर-मार्किचोक-भरतपुर खण्ड अन्तर्गत लमजुङको उदिपुर र चितवनको भरतपुरमा गरी २ वटा सबस्टेसन निर्माण भइरहेका छन् । निर्माणाधीन सबस्टेसन ५७.६८ प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

यस्तै, मनाङ्ग-खुदी-उदिपुर खण्डको प्रसारण लाइन र सबस्टेसन आयोजना अन्तर्गत १८.४१ प्रतिशत निर्माण सकिएको छ । यो खण्ड अन्तर्गत खुदीदेखि उदिपुरसम्म प्रसारण लाइन निर्माणको काम भइरहेको छ । खुदीमा सबस्टेसन निर्माणाधीन छ ।

प्रसारण लाइनको खुदीदेखि मनाङसम्मको खण्डमा संरचना निर्माणको काम सुरु हुँदैछ । प्रसारण लाइनको रुटको अध्ययन र डिजाइन तयार भइसकेको छ । गत बर्खामा आएको बाढीले सडक बगाउँदा काम सुचारु गर्न समय लागेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit