विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेडको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको १३ लाख कित्ता सेयर आवेदन खुल्ला गरेको हो । 

जारी पूँजी ७६ करोडको ३० प्रतिशत अर्थात २२ करोड ८० लाख रकम बराबरको सय रुपैयाँ अंकित २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार निष्कासित सेयरमध्येको ५ प्रतिशत हुन आउने अर्थात ८० हजार ७० कित्ता सेयर सामूहिक लगानी कोषको लागि, २ प्रतिशत हुन आउने अर्थात ३२ हजार २८ कित्ता सेयर कम्पनीको कर्मचारीका  लागी छुट्याएको र बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो । 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा चैत २२ गतेसम्म र ढिलोमा बैशाख ३ गतेसम्म आवेदन दिन पाउनेछन् ।

 कम्पनीले पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिएको हो । कम्पनीको दोलखामा ७ मेगावाटको सुरी खोला जलविद्युत आयोजना सञ्चालनमा छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit