विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले ६ कर्मचारी माग गरेको छ । कम्पनीले रिक्त पद पूर्ति गर्न कर्मचारी माग गरेको हो ।

तह ७ र ८ काे रिक्त पदपूर्ति गर्न आवेदन खुलाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार तह ७ का लागि २ सिनियर हाइड्रो पावर इन्जिनियर, १ सिनियर जियोलिस्ट, १ सिननियर जनसम्पर्क अधिकृत, १ वरिष्ठ वित्त प्रबन्धकल (सि.ए)  र तह ७ का लागि १ सिभिल इन्जिनियरको माग गरिएकाे छ । 

सिनियर हाइड्रो पावर इन्जिनियरको लागि सम्बन्धित विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरी सम्बन्धित क्षेत्रमा अधिकृतस्तरको पदमा कम्तीमा पनि ४ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । साथै, सिनियर जियोलिस्टको लागि जियोलोजी वा जियोफिजिक्स विषयमा स्नाकोत्तर तह उर्तीण गरी सम्बन्धीत क्षेत्रमा ४ वर्ष कार्यअनुभव भएको र सिनियर जनसम्पर्क अधिकृतका लागि समाजशास्त्र वा सम्बन्धित विषयमा स्नाकोत्तर तह उत्तिर्ण गरी ४ वर्ष काम गरेको हुनपर्नेछ ।

वरिष्ठ वित्त प्रबन्धकका लागि चार्टर एकाउन्टेण्ट उत्तीर्ण गरी नेपाल चार्टर्ड एकाउन्ट संस्थाको सदस्यता प्राप्त गरी सम्बन्धित क्षेत्रमा कम्तीमा चार वर्ष काम गरेको अनुभव हुनुपर्नेछ । यसैगरी, सिभिल इन्जिनियरको लागि सम्बन्धित विषयमा स्नात्तक उत्तीर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशन भएको २१ दिनभित्रमा कार्यलयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । समयमै दरखास्त परेको र दस्तुर बुझाएका मध्येबाट योग्यता पुगेका दरखास्तवालालाई मात्र परीक्षामा सामेल गराउने कम्पनीले जनाएको छ । आवेदन दिंदा बायोडाटा, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित बुझाउनुपर्नेछ ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit