images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निर्माण सम्पन्न भई सञ्चालनमा आएकाे १३२ केभी समुन्द्रटारत्रिशूली डबल सर्किट प्रसारण लाइनकाे औपचारिक उद्घाटन शनिबार हुने भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यबाट प्रसारण लाइन सञ्चालनकाे उद्घाटन गर्न लागेका हुन् ।

शनिबार बिहान ११ बजे प्रसारण लाइन उद्घाटन गर्ने समय तय भएकाे आयोजना प्रमुख थर्कबहादुर थापाले बताए । नेपाल विद्युत प्राधिकरणले निर्माण सुरु भएकाे ५ वर्षमा सम्पन्न गरेकाे २६ किलाेमिटर लामाे याे प्रसारण लाइन गत असार १० गते नै सञ्चालनमा आइसकेकाे छ ।

समुन्द्रटारदेखि त्रिशूली बीहब सबस्टेसनसम्म आइपुग्ने प्रसारण लाइन समुन्द्रटार सबस्टेसनमा लोड दिएर चार्ज गरिएको । प्राधिकरणले लक्ष्यभन्दा १ वर्ष ढिला गरी प्रसारण लाइन सञ्चालनमा ल्याएकाे हाे । सबस्टेसन महिना अघि नै तयार भए पनि प्रसारण लाइनकाे निर्माण पूरा भएपछि  मात्रै सञ्चालनमा ल्याइएको हो

काेराेना (काेभिड–१९) महामारीकाे पहिलाे र दाेस्राे लहरकाे प्रभाव प्रसारण लाइन निर्माणमा परेकाले लक्ष्यभन्दा ढिलाे गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएकाे प्राधिकरणले जनाएकाे छ । काेराेनाकाे दाेस्राे लहरमा कामदार तथा कर्मचारी नै संक्रमित हुँदा समेत निर्माण नराेकी सम्पन्न गरिएकाले सञ्चालनमा ल्याउन सकिएकाे हाे ।

प्रसारण लाइन सञ्चालनमा आएपछि २७० मेगावाट विद्युत प्रवाह गर्ने संरचना तयार भएको यो प्रसारण लाइनमा जोडिने गरी निजी लगानीमा अहिले ३५. मेगावाटका जलविद्युत आयोजना निर्माणाधीन छन्

यो प्रसारण लाइन २०७७ बैशाखदेखि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो यसबीचमा कोरोना (कोभिड१९) महामारीका कारण लगाइएको लकडाउनले लामो समय निर्माण रोकिँदा वर्ष धकेलिन पुगेको प्राधिकरणले जनाएको

प्रसारण लाइन निर्माणका क्रममा स्थानीय अवरोधका कारण पनि केही समय काम प्रभावित हुन पुगेको थियो स्थानीय समस्या समाधान गरेर निर्माण सुचारु गरिएको थियो

प्राधिकरणले त्रिशूली, रसुवा नुवाकोटमा निर्माणाधीन जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न यो प्रसारण लाइन निर्माण गरको हो चीनको इटिइआरएन सिसिसिई एफइपिइसी जेभीले प्रसारण लाइन निर्माण गरेको हो प्रसारण लाइन पूरा गर्न अर्ब ५१ करोड रुपैयाँ खर्च भएको

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit