विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले ४.९५ मेगावाको माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजनाकोे विद्युत् प्रवाह हुने ३३ केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो । 

कोशी प्रदेश अन्तर्गत संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नम्बर ७ मा अवस्थित माथिल्लो पिलुवा खोला–३ को स्वीच्यार्डदेखि सोही जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ८ मा रहेको नेपाल विद्युत् प्राधिकरणको बानेश्वर सबस्टेसनसम्म ३३ केभीको १४ किलोमिटर लामो सिंगल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सूचना प्रकाशित भएको ३५ दिनभित्रमा लिखित राय÷सुझाव पेश गर्न आग्रह गरेको छ ।  

१४ किलोमिटर लामो प्रसराण लाइनमा जम्मा २५५ वटा पोलहरु खडा गरिनेछ । पोलको उचाई १३ मिटर तथा पोलाहरू बीचको औसत दुरी ७० मिटर हुनेछ । यस प्रसारण लाइन आयोजना निर्माण गर्न ९.३६५७ हेक्टर जग्गा आवश्यक पर्ने अध्ययनले देखाएको छ । प्रसारण लाइन निर्माणको काम ६ महिनाभित्र सम्पन्न गर्ने कम्पनीलको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit