विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भोजपुरको इर्खुवा खोलामा लोअर इर्खुवा खोला हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गर्ने १४.१५ मेगावाटको लोअर इर्खुवा खोला जलविद्युत् आयोजनामा ऋण लगानीको टुंगो लागेको छ । माछापुछ्रे बैंक लिमिटेडको अगुवाईमा लगानी जुटाइएको हो ।

आयोजनामा माछापुछ्रे सहित नेपाल एसबिआई र ज्योति विकास बैंकले लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार भएको लगानी सम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष कुमार पाण्डे र माछापुछ्रे बैंकका पूर्वाधार लगानी प्रमुख विनितचन्द्र झाले हस्ताक्षर गरेका छन् ।

आयोजनामा ३ बैंकबाट १ अर्ब ७२ करोड रुपैयाँ ऋण र  प्रवद्र्धकहरूबाट ७१ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ । स्वपुँजी लगानीकर्तामा नेशनल हाइड्रो पावर कम्पनी लिमिटेड मुख्य रहको छ । आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भने १३ मेगावाटमा टेक अर पे (लिउ या तिर) प्रावधानमा भएको पाण्डेले बताए ।

२०७९ सालभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाबाट वार्षिक ७ करोड ५१ लाख युनिट बिजुली उत्पादन हुनेछ । यसबाट वार्षिक ४३ करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । आर्थिक वर्ष २०७८/७९ भित्र करिब १५ करोड रुपैयाँबराबरको साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने कम्पनीको योजना छ ।

हाल आयोजनास्थलमा पहुँचमार्ग निर्माण, जग्गा प्राप्ती लगायतका काम भइरहेको छ । बाँधदेखि विद्युत्गृहसम्म पानी ल्याउन निर्माण हुने २५ सय मिटर सुरुङमध्ये हालसम्म ८१० मिटर खनिसकिएको छ ।

२ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि विद्युत् प्राधिकरणको शीतलपाटी सबस्टेसनमा जोडिनेछ । कूल लागतको आधारमा आयोजना प्रतिमेगावाट १८.५० करोडमा पूरा हुने अनुमान गरिएको छ । कम्पनीका अनुसार बैंकहरूसँग लिएको ऋण आयोजनाबाट विद्युत् उत्पादन भएको १२ वर्षभित्र तिरिसक्ने लक्ष्य छ ।

अनुभवी एवं पारदर्शी प्रवद्र्धक रहेको हुँदा आयोजनामा लगानी गर्न बैंक आकर्षित भएको माछापुछ्रे बैंकका उपमहाप्रबन्ध सर्जु थापाले बताए । ‘पानीको वार्षिक बहाब राम्रो देखियो, आयोजनास्थल भ्रमण गर्दा पनि धेरै काम भइसकेको देखियो,’ उनले भने, ‘हामीले लगानी व्यवस्थापन गरिसकेका छौं । अब काम गर्ने जिम्मेवारी प्रवद्र्धकहरूकैमा छ ।’

जतिसक्दो चाँडो आयोजनाको निर्माण पूरा गरेर व्यावसायिक सञ्चालनमा ल्याउन थापाले प्रवद्र्धकहरूलाई आग्रह पनि गरे । समय र लागतभित्रै आयोजना पूरा हुनेमा एसबिआई र ज्योति विकास बैंकका प्रतिनिधिले विश्वास व्यक्त गरे ।

आयोजनाको मुख्य प्रवद्र्धक नेशनल हाइड्रोले १८ वर्षदेखि सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो निर्माण गरी सञ्चालन गरिरहेको छ । नेशनल हाइड्रोले सिन्धुपाल्चोकमै ४.५ मेगावाटको तल्लो इन्द्रावतीको उत्पादन अनुमतिपत्र लिन पहल गरिरहेको कम्पनीले जनाएको छ । इन्द्रावती तेस्रो निर्माण गर्न बैंकहरूसँग लिएको ऋण भने कम्पनीले २०७४ सालमै चुक्ता गरिसकेको छ ।

जलविद्युत् विकासमा विगतमा नेशनल हाइड्रो निकै विवादित कम्पनी मानिन्थ्यो । तर, पछिल्लो समय पाण्डेले अध्यक्षको जिम्मेवारी सम्हालेपछि कम्पनीको आर्थिक एवं वित्तीय अवस्थामा सुधार हुँदै आएको छ । अहिले कम्पनीको सेयर मूल्यमा निकै सुधार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit