विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको सेयर बाँडफाँड भएको छ । रामेछापमा निर्माण सम्पन्न ५२.४ मेगावाट लिखु–४ जलविद्युत आयोजनाको सर्वसाधाणका लागि निष्कासन गरिएको सेयर बाँडफाँड भएको हो । 

कम्पनीको सेयरधनी बन्न आवेदन दिएको मध्ये २ लाख ८७ हजार ५ सयले मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाएको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । बिक्री प्रबन्धकका अनुसार कम्पनीको सेयर धनी बन्न २१ लाख ५७ हजार ६३१ जनाले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए । यो माग भन्दा ९ गुण बढी हो ।

कम्पनीले गत फागुन २ गतेदेखि सर्वसाधरणका लागि २८ लाख ७५ हजार सेयरको बिक्री खुल्ला गरेको थियो । निष्कासन भएको सेयरमध्ये ९३ हजार ७ सय ५० कित्ता कर्मचारीका लागि र १ लाख ५६ हजार २ सय ५० सेयर सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकी २८ लाख ७५ हजार किता भने सर्वसाधारणका लागि निष्कासन गरिएको थियो । कम्पनीले गत चैत ८ गतेदेखि ११ गतेसम्म सेयर निष्कासन गरेको थियो ।

कम्पनीले यसअघि पनि आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले रामेछापको लिखु नदीमा निर्माण गरेको आयोजना सम्पन्न भई सञ्चालनमा आइसकेको छ । आयोजनाले अहिले व्यापारिक उत्पादन गरिरहेको छ । यो आयोजना ९ अर्ब ५४ करोड रुपैयाँ लागतमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit