विद्युत अपडेट

  • प्राधिकरण : ९८३६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६१७२ मे.वा.घन्टा
  • आयात : २६९५ मे.वा.घन्टा
  • निर्यात : ५४६४ मे.वा.घन्टा
  • ट्रिपिङ : ३० मे.वा.घन्टा
  • ऊर्जा माग : ४९०८९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३५२ मे.वा.
२०८३ ब‌ैशाख २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा खबरका सम्पादक लक्ष्मण वियोगी ‘राजस्थल युवा प्रतिभा सम्मान–२०८३’बाट सम्मानित भएका छन् । स्व. शिवकुमार अधिकारीको ८६औँ जन्म जयन्तीका सन्दर्भमा स्याङ्जा साहित्य प्रतिष्ठान र शिवकुमार अधिकारी स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित ‘कृति लोकार्पण, स्रष्टा सम्मान तथा स्याङ्जा सिर्जना उत्सव–२९८३’ कार्यक्रममा पत्रकार एवम् साहित्यकार वियोगीलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

स्याङ्जा साहित्य प्रतिष्ठानबाट नियमित रूपमा प्रकाशित हुँदै आएको त्रैमासिक साहित्यिक पत्रिका ‘राजस्थल’मार्फत नेपाली साहित्यको श्रीवृद्धि र पत्रकारिता क्षेत्र पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै वियोगीलाई उक्त सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

साहित्य प्रतिष्ठानका अध्यक्ष बुद्धिबहादुर राना, स्मृति प्रतिष्ठानका अध्यक्ष सुबोधकुमार अधिकारीसहित विभिन्न व्यक्तित्वको उपस्थितिमा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले वियोगीलाई उक्त सम्मान पत्र प्रदान गरेका हुन् ।

स्थानीय तथा राष्ट्रिय स्तरका स्रष्टाहरूको उपस्थितिमा भएको कार्यक्रममा विभिन्न साहित्यिक कृतिहरूको लोकार्पणसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३