images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बुटवल पावर कम्पनीले ७.९ मेगावाटको चिनो खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले गण्डकी प्रदेशको मनाङ जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।

अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र लिने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विद्युत विकास विभागले कम्पनीलाई उत्पादन अनुमतिपत्र दिन ३५ लिने सूचना जारी गरेको छ ।

विभागका अनुसार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन र आयोजनाको अध्ययन रिपोर्टका आधारमा प्रवद्र्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको छ ।

विभागले अनुमतिपत्र जारी गर्नुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरका बारेमा सम्बन्धित सरोकारवालासँग राय\सुझाव मागेको छ । विभागले सूचना जारी भएको  मितिले ३५ दिनभित्र प्राप्त हुने गरी राय\सुझाव पठाउन सरोकारवाला समक्ष आग्रह गरेको छ ।

सरोकारवालाले राय\सुझाव विभाग वा प्रवद्र्धक कम्पनीको कार्यालयमा प्राप्त हुने गरी पठाउन सक्ने विभागले जनाएको छ । आयोजनाको मुख्य संरचनाहरु बाँध खोलाको बायाँ किनारमा रहनेछ । विद्युतगृह दायाँ किनारमा रहनेछ ।

बाँधको पानीलाई करिब ४११ मिटर लामो सुरुङ र २ हजार ४ सय ३३ मिटर लामो पेनस्टक पाइप हुँदै विद्युतगृहमा पुर्याइनेछ । विद्युतगृहमा जडान भएको ४.०९९ मेगावाटको २ वटा टवाईनसँग जोडिएको २ वटा ३ फेजको जेनेरेटरमार्फत विद्युत उत्पादन गरिने कम्पनीले जनाएको छ ।

आयोजनाबाट २०८० भदौभित्र उत्पादन गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना पूरा भएपछि ४३.९९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

उत्पादीत विद्युत ३३ केभी प्रसारण लाइन मार्फत ३ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको मनाङ हब सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit