विद्युत अपडेट

  • प्राधिकरण : ८९०१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १५२७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७७७९ मे.वा.घन्टा
  • आयात : ३१२० मे.वा.घन्टा
  • निर्यात : १२४८७ मे.वा.घन्टा
  • ट्रिपिङ : ८२५ मे.वा.घन्टा
  • ऊर्जा माग : ५५९०१ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३९५ मे.वा.
२०८३ जेठ २०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । महानगर यातायात प्रालिले सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौँ उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिएर यात्रा गर्ने यात्रुका लागि पनि सहज हुने गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ । एक पटकमा करिब ७० यात्रु सहज रूपमा यात्रा गर्न सक्ने क्षमता भएका यी बसहरूमा अत्याधुनिक सुविधा समावेश गरिएको छ । 

शशिला मोटर्स प्रालिले चीनबाट आयात गरेको यी बसहरूमा १४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको छ । एक पटक पूर्ण चार्ज गरेपछि यी बसले करिब २०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छन् । प्रत्येक बसको मूल्य १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले विद्युतीय सवारी साधनको विकल्प अब अनिवार्य बन्दै गएको उल्लेख गर्दै कम्पनीले यस क्षेत्रमा थप विस्तार गर्ने योजना रहेको जानकारी दिए । उनले प्रारम्भिक लगानी उच्च भए पनि विद्युतीय बस व्यावसायिक रूपमा उपयुक्त रहेको र आम्दानीका हिसाबले पनि प्रभावकारी देखिएको बताए । साथै, अन्य यातायात व्यवसायीलाई पनि विद्युतीय सवारीको प्रयोग गर्न उनले सुझाव दिए ।

उनले हाल ५० युनिटभन्दा बढी विद्युत् खपतमा लगाइएको भ्याटका कारण विद्युतीय सवारी सञ्चालनमा असर परेको भन्दै सरकारले छुटको व्यवस्था गर्नुपर्ने मागसमेत राखे ।

त्यसैगरी, महानगर यातायात प्रालिका सञ्चालक समिति सदस्य धर्मराज रिमालले यसअघि १२ वटा विद्युतीय बस सफलतापूर्वक सञ्चालनमा आइसकेको जानकारी दिँदै पछिल्लो चरणमा थप बसहरू विस्तार गरिएको बताए । विद्युतीय बसका लागि सञ्चालन खर्च कम र प्राविधिक सरल भएकाले डिजेल बसको तुलनामा झण्डै ४ गुणा बढी आम्दानी भइरहेको उनको भनाइ छ । शशिला मोटर्सको बिक्रीपछिको सेवा प्रभावकारी र विश्वसनीय भएकाले सहकार्य निरन्तर अघि बढाइएको पनि उनले बताए ।


बसको चाबी हस्तान्तरण कार्यक्रममा शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले ठूलो आकारका विद्युतीय बसहरूको प्रवर्द्धन आजको आवश्यकता भएको बताए । उनले यी बसहरू व्यवसायी र यात्रुका लागि मात्र नभई देशकै यातायात प्रणाली सुधारका लागि महत्त्वपूर्ण हुने उल्लेख गरे । कम्पनीले व्यावसायिक विद्युतीय सवारी साधनलाई नेपालमा स्थापित गर्ने लक्ष्यसहित काम गरिरहेको र बिक्रीपछि सेवा प्रणालीलाई प्राथमिकतामा राखिएको उनले स्पष्ट पारे ।

महानगर यातायात प्रालिले हाल काठमाडौँ उपत्यका र बाहिर गरी १४० भन्दा बढी सवारीमार्फत सेवा दिइरहेको छ । कम्पनीले २८ वटा सिटी बस र २४ वटा माइक्रोबससहित ५२ वटा विद्युतीय सवारी सञ्चालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३