विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । श्वेत गंगा हाइड्रो पावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बाँडफाँड गरेको छ । कम्पनीले गत साउन ४ गतेदेखि ८ गतेसम्म सेयर निष्कासन गरी बाँडफाँड गरेको हो।

कम्पनीको सेयरधनी बन्न आवेदन दिएकामध्ये २ लाख २७ हजार २ जनाले १० कित्ता र ५ जनाले ११ कित्ता सेयर पाएको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि जारी पूँजी १ अर्ब ५९ करोड ३० लाखको ५ प्रतिशतले हुने अर्थात प्रति कित्ता सय रुपैयाँ अंकित २३ लाख ९८ हजार ५०० कित्ता सेयर निष्कासन गरेको थियो । निष्कासन गरिएको सेयरमध्ये ५ प्रतिशतले हुन आउने अर्थात १ लाख १९ हजार ७५ हजार सेयर सामुहिक लगानी कोषका लागि बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बाँकी सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । कम्पनीले रामेछाप र सोलुखुम्बुको सीमा भएर बग्ने २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । तल्लो लिखुको निर्माण अहिले ९३ प्रतिशत सम्पन्न भइसकेको र आगामी व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएकोे छ ।

कुल ६ अर्ब ३७ करोड २० लाख रुपैयाँ लागतका आधारमा आयोजनाको प्रतिमेगावाटमा लागत २२ करोड ६७ लाख ६१ हजार ५ सय रुपैयाँ अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit