विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले विद्युत विकास विभागको महानिर्देशकमा सन्दीपकुमार देवलाई नियुक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव देवलाई मंगलबार महानिर्देशक नियुक्त गरिएको हो ।

उनले मंगलबार नै मन्त्रालयबाट नियुक्तीपत्र बुझेका छन् । बुधबारदेखि विभागमा हाजिर हुने देवले ऊर्जा खरबलाई बताए । मन्त्रालयमा आउनुअघि उनी विभागको उपमहानिर्देशक थिए । २०६२ सालमा विभाग प्रवेश गरेका देव २०७७ सालसम्म विभागमा कार्यरत थिए ।

सिजियर डिभिजनल इन्जिनियरबाट सुरुवात गरेका उनी ५ वर्षसम्म विभागको उपमहानिर्देशकको जिम्मेवारीमा थिए । मन्त्रालयमा आएको ९ महिनापछि फेरि उनको विभागमै सरुवा भएको हो । निवर्तमान महानिर्देशक नविनराज सिंहलाई मन्त्रालय मातहतको जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ । 

दोस्रो पटक विभागको महानिर्देशक भएका सिंहलाई १ वर्ष ९ महिनापछि आयोगमा सरुवा गरिएको हो । यसअघि पनि सिंहले २ वर्ष २ महिना उक्त जिम्मेवारीमा रही विभागमा काम गरेका थिए । सिंह मंगलबार नै आयोगमा हाजिर भएका छन् । 

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारी मन्त्रालयमा सरुवा भएका छन् । सुनकाेसी डाइभर्सन आयोजना प्रमुख शुशील आचार्यलाई भने जलस्रोत तथा सिँचाइ विभागकाे महानिर्देशक बनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit