images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले २ मेगावाटको चेपे खोला क्यासकेड जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । यसका लागि तयारी अघि बढाइएको कम्पनीका अध्यक्ष मोहन बिक्रम कार्कीले जानकारी दिए ।

कम्पनीको छैंठौं वार्षिक साधारणसभामा उनले ८.६३ मेगावाटको चेपे खोला जलविद्युत् आयोजनाको क्यासकेड आयोजनाका रूपमा उक्त २ मेगावाटको परियोजना निर्माण गर्न लागेको बताएका हुन् ।

‘डाइनामिक हाइड्रो लिमिटेडले अघि बढाएको उक्त आयोजना आशुतोषले खरिद गरी निर्माण गर्न लागेको छ,’ उनले भने, ‘अहिले यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारी गर्ने काम भइरहेको छ ।’

आयोजनाका लागि लगानी जुटाउन सेयर निष्कासन गर्ने तयारी गरिरहेको पनि कम्पनीले जनाएको छ । साथै, सेयरधनीबाट माग हुने थप पुँजी र बाँकी बैंकबाट ऋण लिई आयोजनाको निर्माण अघि बढाइने छ ।

पहिलो चरणमा सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार बर्तौलाले बताए । उनका अनुसार चालु आर्थिक वर्षभित्र सेयर निष्कासन गर्ने योजना छ ।

कम्पनीले निर्माण गरेको ८.६३ मेगावाटको चेपे खोलाले २०७९ असोज ६ गतेदेखि व्यवसायिक विद्युत् उत्पादन गरिरहेको छ । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको मध्य मर्स्याङ्दी जलविद्युत् केन्द्रको स्वीचयार्डमार्फत वैकल्पिक रुपमा राष्ट्रिय ग्रिडमा जोडिएको छ । यसअघि यसबाट उत्पादित विद्युत् किर्तिपुर सबस्टेसन हुँदै प्रणालीमा प्रवाह गर्ने योजना थियो । विविध कारणले यो लाइन पूरा नभएपछि मध्य मर्स्याङ्दीको स्वीचयार्ड हुँदै ग्रिडमा जोडिएको हो ।

प्राधिकरणको वैकल्पिक व्यवस्था कै कारण आयोजनाको विद्युत् समयमा जोडिन नपाउँदा आर्थिक वर्ष (आव) २०७९/८० मा ५ करोड ७५ लाख रुपैयाँ नोक्सान बेहोर्नु परेको कार्कीले बताए । साथै, आव २०८०/८१ को पहिलो त्रैमासमा मात्र कम्पनीले  ५ करोड १२ लाख रुपैयाँ नोक्सानी बेहोरेको कम्पनीले जनाएको छ ।
यो अवधिमा कम्पनीले ६ करोड ५७ लाख ८६ हजार रुपैयाँ बराबरको विद्युत् उत्पादन गरी बिक्री गरेको छ, यो कुल कन्ट्रयाक्ट इनर्जीको ५६.२० प्रतिशत मात्र रहेको कम्पनीले जनाएको छ ।

चेपे खोलाको काम १ अर्ब ४९ करोड ८८ लाख ६९ हजार रुपैयाँ लागतमा सम्पन्न भएको हो । जसअनुसार प्रतिमेगावाट लागत १७ करोड ३६ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

७.५ प्रतिशत बोनस सेयर पारित

कम्पनीको शुक्रबार सम्पन्न साधारणसभाले आव २०७९÷८० को मुनाफाबाट ३ करोड रुपैयाँ अर्थात् चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit