विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज २, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले २७.९ मेगावाटको मध्य इंखुखोला जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । उक्त कम्पनीको ७५ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको २५ प्रतिशत सेयर स्वामित्व रहने गरी स्थापना गरिएको इंखु चेपेल हाइड्रो प्रालिमार्फत प्रवर्द्धन गर्न लागिएको आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो ।

उक्त आयोजना विकासका लागि कम्पनीले हालसम्म ६ करोड ८ लाख २५ हजार रुपैयाँ लगानी गरिसकेको जनाएको छ । कम्पनीले बोनस सेयर वितरणपछि बचत भएको नगद रकमबाट उक्त आयोजना अघि बढाउन लगानी गर्न थालेको हो । बाँकी रकमसमेत आयोजनाको सर्वेक्षण कार्यमा लगानी गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार चौधौँ वार्षिक साधारणसभाको निर्णय तथा विद्युत् नियमन आयोगको स्वीकृतिबमोजिम आर्थिक वर्ष २०८१/८२ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बोनस सेयर वितरणपछि कम्पनीमा बचत हुने नगद रकम नेपाल सरकारको बास्केटमा रहेको मध्य इंखु खोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गर्न तथा आयोजनाको सर्वेक्षण कार्यमा खर्च गर्ने प्रस्ताव गरिएको थियो ।

इंखु चेपेल हाइड्रोले विद्युत् विकास विभागबाट आयोजनाको सर्वेक्षण अनुमतिपत्रसमेत प्राप्त गरिसकेको छ । कम्पनीले मिडल इङ्गु खोला जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र, इंखु चेपेल हाइड्रो प्रालिको दर्ता प्रमाणपत्र तथा सेयर लगतसम्बन्धी कागजातसमेत विद्युत् नियमन आयोगमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३