images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ३ निर्देशकसहित ५० कर्मचारीहरूले आगामी भदाै र असाेजभित्र अनिवार्य अवकास पाउने भएका छन् । उमेर, हद, सेवा अवधि पुगेका र शैक्षिक प्रमाणपत्रका आधारमा १ देखि ११ तहसम्मका कर्मचारीले अवकास पाउन लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार भदौमा २४ र असोजमा २६ कर्मचारीले सेवाबाट अवकास पाउँदै छन् ।

भदौमा मात्र ३ जना निर्देशकले शैक्षिक प्रमाणपत्रका आधारमा अनिवार्य अवकास पाउन लागेको प्राधिकरणले जनाएको छ । आन्तरिक लेखा परिक्षण विभागमा कार्यरत ओम प्रकाश भट्ट, वातावरण तथा सामाजिक अध्ययन विभागमा कार्यरत रविन्द्रप्रसाद चौधरी र प्राधिकरण सहायक कम्पनी अनुगमन निर्देशनालयमा कार्यरत तारानाथ शर्माले अनिवार्य अवकास पाउँदै छन् ।

यस्तै, तह १० का विश्वनाथ शर्माले पनि शैक्षिक प्रमाणपत्रका आधारमा अवकास पाउँदै छन् । तह ७ का २, तह ६ का ३, तह ५ का ३, तह ३ का ४, तह २ का ६ र तह १ का २ कर्मचारीले अनिवार्य अवकास पाउन लागेको प्राधिकरणले जनाएको छ ।

असोजमा मोदी जलविद्युत कम्पनी लिमिटेडमा कार्यरत ६ तहका गणेशराज वाग्लेले पनि शैक्षिक प्रमाणपत्रका आधारमा अवकास पाउँदै छन् । ५ तहका ७, ४ तहका ७, ३ तहका ६, २ तहका ४ र १ तहका एक कर्मचारीले अनिवार्य अवकास पाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit