विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । एम्पिक इनर्जी प्रालिले संखुवासभाको भोटखोला गाउँपालिकाको अरुण उपत्यकामा १३२ मेगावाटको तल्लो वरुण जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वरुण खोलाको पानी उपयोग गरी उक्त आयोजना निर्माण प्रस्ताव गरिएको हो ।

सम्भाव्यता अध्ययन पूरा भएको आयोजनाको उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुगेको विद्युत विकास विभागले जनाएको छ । १८.४४ घनमिटर प्रति सेकेन्ड डिजाइन डिस्चार्ज रहेको आयोजनाका लागि खोलाको पानी फर्काउन २० मिटर चौडाइ र ५ मिटर उचाइको बाँध निर्माण गर्ने प्रस्ताव छ ।

आयोजनाको विद्युतगृहमा ६ वटा भर्टिकल टर्वाइन रहनेछ । विद्युत उत्पादनपछि पानीलाई ५०५.७५ मिटर लम्बाइ र ४.६ मिटर व्यास भएको टेलरेस टनेलमार्फत पुनः वरुण खोलामा खसालिने छ ।

आयोजनाको सबै काम पूरा गरी ५ वर्षभित्र उत्पादन सुरु गर्ने कम्पनीको लक्ष्य छ । आयोजनाबाट उत्पादित विद्युत २२० केभी प्रसारण लाइनमार्फत १.७३ किलोमिटर दुरीमा रहेको माथिल्लो अरुण जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिने गरी डिजाइन तयार पारिएको छ ।

आयोजना अरुण उपत्यकामध्येको एउटा भाग मकालु वरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । विभागले यो आयोजना निर्माण गर्दा प्रतिकूल प्रभाव पर्ने भए ३५ दिनभित्र राय÷सुझाव पठाउन आग्रह गरेको छ ।

आयोजना सम्पन्न गर्न २० अर्ब १२ करोड ८७ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।  विभागका अनुसार आयोजनाबाट वार्षिक सरदर ४९४.४८२ गिगावाट घन्टा विद्युत उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ ।

आयोजनाको थप विवरण

आयोजनाको नाम : तल्लो वरुण

क्षमता : १३२ मेगावाट

प्रवर्द्धक : एम्पिक इनर्जी प्रालि

आयोजनास्थल : संखुवासभा, भोटखोला गाउँपालिका

निर्माण अवधि : ५ वर्ष

प्रसारण लाइन : २२० कभी, १७३० मिटर

विद्युत जोडिने स्थान : माथिल्लो अरुणको स्वीचयार्ड

अनुमानित लागत : २० अर्ब १२ करोड ८७ लाख रुपैयाँ

वार्षिक विद्युत उत्पादन : ४९४.४८२ गिगावाट घन्टा

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit