images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जनार्दन बरालको नेतृत्वमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । सेजनको शुक्रबार सम्पन्न २२औं महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ पत्रिका दैनिकमा कार्यरत बराल सेजनको अध्यक्षमा निर्वाचित भएका हुन् । उनी  आशिष ज्ञवाली र शिरोमणि ढुंगानालाई पराजित गर्दै २ वर्षका लागि सेजन अध्यक्षमा निर्वाचित भएका हुन् । बरारले कूल खसेको मत मध्ये ११४ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी ज्ञवालीले ८० र ढुंगानाले ४८ मत प्राप्त गरेका थिए ।

यस्तै, उपाध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । उनी प्रतिस्पर्धी कृष्ण रिजाललाई पराजित गर्दै सेजन उपाध्यक्ष बनेका हुन् । यसअघिको कार्यकालमा पनि ओली महासचिव थिए । उनले १२८ मत प्राप्त गरेका छन् । उनीसँग पराजित भएका रिजालको पक्षमा १०५ मत खसेको थियो ।

यसैगरी कार्यसमितिको महासचिवमा भागवत भट्टराई विजयी भएका छन् । उनले १४० मत प्राप्त गर्दा पराजित भएका विनय बन्जाराको पक्षमा १ सय मत खसेको थियो ।

सचिवमा हिमाल पौडेल विजयी भएका छन् । उनी हिमा बिक र एलिजा उप्रेतीलाई पराजित गर्दै कार्यसमिति सचिवमा निर्वाचित भएका हुन् । पौडेल १११ मत पाएर विजयी हुँदा बिकको नाममा ६७ र उप्रेतीको नाममा ६२ मत खसेको थियो ।

कोषध्यक्षमा लक्ष्मीकुमारी सापकोटा निर्वाचित भएकी छन् । उनले प्रतिस्पर्धी सुजन ढुंगाना र कमला अर्याललाई पराजित गर्दै विजय हासिल गरेकी हुन् । कारोबार दैनिकमा कार्यरत सापकोटाको पक्षमा १२३ मत खसेको थियो । ढुंगाना र अर्यालले क्रमशः ९२ र २६ मत पाएका थिए ।

सदस्यहरूमा शोभित थपलिया, इशारा कोइराला, अच्युत पुरी, अमर बडुवाल र चेतबहादुर अधिकारी निर्वाचित भएका छन् । निर्वाचित कार्यसमिति २ वर्षका लागि हुनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit