विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले ३३/११ केभी भरतपुर सबस्टेसनको ४ वटा फिडरको विद्युत सेवा बन्द गर्ने भएको छ । केन्द्रले नयाँ फिडर परिवर्तन गर्नका लागि सेवा बन्द गरेको हो ।

सबस्टेसनको इन्कमर–२ अन्तर्गतका कल्याणपुर, भृकृटि, औधोगिक लगायतका ४ वटा नयाँ फिडर बदली गर्नका लागि सेवा बन्द गर्न लागिएको वितरण केन्द्र प्रमुख राजिव सिंहले बताए । उनका अनुसार मंगलबार बिहान ८ बजेदेखि सेवा बन्द गरेर फिडर बदली गर्ने तयारी गरिएको छ ।

अवरुद्ध सेवा बेलुका ६ बजेबाट सुचारु हुनेछ । सेवा अवरुद्ध हुँदा यी फिडरबाट वितरण हुने क्षेत्र प्रभावित हुनेछ । केन्द्रले ग्राहकलाई गुणस्तरीय विद्युत सेवा प्रवाह गर्न फिडर बदली गर्न लागेको हो ।

केन्द्रले विद्युत बक्यौता, विद्युतीय संरचना उपकरण प्रयोग गरेवापत केवल नेटवर्क र इन्टरनेट सेवा प्रदायकसँग साजस्व उठाउने कामलाई पनि तिव्र गतिमा अघि बढाएको छ । केन्द्रले भाडा नबुझाउने सेवा प्रदायकको तार काटेर राजस्व उठाउने अभियानलाई तिव्रता दिएको हो । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit