विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको पोलमा दुरसञ्चार, केवल टीभी तथा इन्टरनेट सेवा प्रदायकहरूबाट तानिएको केबल तथा उपकरणहरू व्यवस्थापनको काम प्रभावकारी नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै अव्यवस्थित तारहरू हटाउने ४५ दिने सूचनालाई सेवा प्रदायकहरूले बेवास्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।

गत कात्तिक १५ गतेको सूचना अनुसार तार व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको प्राधिकरणको भनाइ छ । प्राधिकरणको पोल प्रयोग गरी अव्यवस्थित तरिकाले टाँगिएका र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केबल/कोएक्सियल केबल तथा पोलमा जथाभावी झुन्ड्याइएको उपकरणहरू ४५ दिनभित्र हटाउन निर्देशन दिएको थियो ।

निर्देशक बमोजिम काम नभएको भन्दै प्राधिकरणले मंसिरभित्र तार तथा उपकरण व्यवस्थापन गर्न अनुरोध गरेको छ । निर्धारित समयावधिभित्र उक्त कार्य सम्पन्न गर्न सम्बन्धित सेवा प्रदायक संस्थालाई प्राधिकरणले निर्देशन दिएको छ ।

निर्धारित समयभित्र सम्पन्न नभए आफैले हटाउने र यसबाट हुनसक्ने नोक्सानीको लागि सेवा प्रदायक स्वयम जिम्मेवारी हुने प्राधिकरणले सूचनामा छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit