विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ललितपुर महानगरपालिकाले ४ वटा विद्युतीय बस ल्याउने भएको छ । महानगरपालिकाले ललितपुरका विभिन्न रुटमा सञ्चालन गर्ने गरी साझा यातायातसँगको साझेदारीमा विद्युतीय बस ल्याउन लागेको हो । 

ललितपुरमा सञ्चालन गर्ने गरी विद्युतीय बस ल्याउन ठेक्का आह्वानको तयारी भइरहेको साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधारले बताए । बैशाखभित्रै विद्युतीय बस खरिदका ठेक्का आह्वान हुने उनले बताए ।

‘विद्युतीय सवारीलाई प्राथमिकता दिई पर्यटकीय क्षेत्रमा सञ्चालन गर्ने नगरपालिकाको योजना छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब ल्याइने बस सार्वजनिक सवारी नजाने नगरभित्रका पर्यटकीय क्षेत्रमा सञ्चालन गरिनेछ ।’ विद्युतीय बस सञ्चालनका लागि २ वटा रुट तय गरेको महानगरपालिकाले जनाएको छ ।

पहिलो रुट महानगरको प्रांगणबाट  पाटकढोका, मंगलबजार, कुमारीपाटी, पुल्चोक हुँदै फेरि प्रांगणमै आइपुग्नेछ । दोस्रो रुटमा महानगरको प्रांगणबाट मंगलबजार, लगनखेल, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, सुन्धारा, महाबौद्ध हुँदै पुनः त्यही रुटबाट फिर्ता हुने गरी बस सञ्चालन गरिने छ । 

महानगरपालिकाले विद्युतीय बस सञ्चालनका लागि आर्थिक वर्ष २०७५/७६ मै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । पहिले नै बजेट विनियोजन भए पनि साझा यातायातको नियम परिवर्तन हुँदा बस ल्याई सञ्चालन गर्न ढिला भएको हो ।

यसअघि सुन्दर यातायातले विद्युतीय बस ल्याई उपत्यकाका विभिन्न रुटमा सञ्चालन गरिरहेको छ । सुन्दरले ल्याएका ७ मध्ये ४ वटा विद्युतीय बस सञ्चालनमा छन् ।

२ महिनाअघि पनि साना ४ पाङग्रे सवारी (हाइस) ल्याएको थियो । सुन्दर यातायातले ४० विद्युतीय बस ल्याउन ठेक्का आह्वान गरेकोमा ९ वटा  विद्युतीय बस डेढ महिनाभित्र उपत्यकामा भित्र्याउँदैछ ।
 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३