विद्युत अपडेट

  • प्राधिकरण : ८१८७ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८५६२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २४६७५ मे.वा.घन्टा
  • आयात : २७१५ मे.वा.घन्टा
  • निर्यात : ३३११ मे.वा.घन्टा
  • ट्रिपिङ : ५० मे.वा.घन्टा
  • ऊर्जा माग : ४४१९० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९८२ मे.वा.
२०८३ ब‌ैशाख १५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । आइएमई इलेक्ट्रिकले राफ्ट इलेक्ट्रिक स्कुटरको नयाँ डिलर महाराजगञ्जमा थपेको छ । स्कुटरको बढ्दो नेटवर्कलाई ध्यान दिँदै कम्पनीले गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको हो ।

डिलरको नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार संयुक्त रुपमा उद्घाटन गरे ।

डिलरको उद्घान गर्दै घिसिङले नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका, विद्युतीय सवारीसाधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवर्द्धन गर्न मद्दत गर्ने र राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा ठूलो बचत हुने बताए । आइएमई जस्ता समूहले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गरिरहेकोमा धेरै खुसी भएको उनले बताए ।

उत्पादन बिक्री मात्रै नगर्ने तर, पेट्रोलियम आयात घटाउन क्रियाशील रहेको आइएमई समूहका अध्यक्ष ढकालले बताए । ‘हामीले उत्पादन बिक्री मात्रै गर्दैनौं, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौं,’ उनले भने, ‘हामी गरिमा अटोलाई निरन्तर विस्तार हुँदै गइरहेको सञ्जालमा स्वागत गर्दछौं र उहाँहरूलाई सफलताको कामना गर्दछौं ।’ आइएमई इलेक्ट्रिकले इ–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको छ । नयाँ ऊर्जा सवारीसाधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहेको पनि ढकालले बताए  ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३