विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रुरु जलविद्युत परियोजना कम्पनीकाे सेयर किन्न मागभन्दा ४ गुणा बढी आवेदन परेकाे छ । कम्पनीकाे गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजनाको सेयर किन्न प्रभावित क्षेत्रका स्थानीयबासीले उत्साहजनक सहभागिता जनाउँदै मागभन्दा बढी आवेदन दिएका हुन् । 

स्थानीयबासीका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता सेयर निष्कासन गरिएकाेमा बिहिबार साँझसम्मकाे तथ्याङ्क अनुसार १२ हजार आवेदकले १७ लाख ५० हजार कित्ताका लागि आवेदन दिएको कम्पनीले जनाएको छ । स्थानीयबासीले प्रतिकित्ता सय रुपैयाँका दरले न्युनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्मका लागि आवेदन दिइरहेका छन् ।

स्थानीय बासीका लागि खुल्ला गरेको सेयर आवेदन अवधि आज (शुक्रबार) सकिन लागेकाले बाँकी  स्थानीयकाे आवेदन साँझ ५ बजेसम्ममा आउने जानकारी कम्पनीले दिएकाे छ । आवेदन दिने अवधि सकिएपछि अबकाे एक साताभित्र निष्कासन गरेकाे सेयर स्थानीयबासीमा बाँडफाँड गरिने कम्पनीले जनाएकाे छ ।

कम्पनीले गत फागुन ७ गते देखि स्थानीय बासीका लागि सेयर बिक्री खुल्ला गरेको थियाे । स्थानीयबासीले साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंकको गुल्मी शाखा कार्यालयबाट सेयर आवेदन दिन सक्नेछन् । साथै, सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन दिने व्यवस्था मिलाइकाे छ । 

स्थानीयको सेयर निष्कासन गरी बाँडफाँडको प्रक्रिया पूरा भएपछि सर्वसाधारणका लागि छुट्याएको सेयर चैत दोस्रो साताबाट निष्कासन गर्ने तयारी भइरहेको पनि कम्पनीले जनाएको छ । सर्वसाधारणका लागि ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर छुट्याइएको छ ।

स्थानीयबासीका लागि प्रतिकित्ता सय रुपैयाँ मूल्य निर्धारण गरिए पनि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय २० रुपैयाँ मूल्य तोकिएको छ । सर्वसाधारणका लागि ४ करोड ८९ लाख २४ हजार ७ सय २० रुपैयाँ बराबरको सेयर छुट्याइएको छ ।

सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडले गर्दैछ ।माथिल्लो हुग्दीमा लगानी गर्ने समूहले नै ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit